गाजापट्टी — इजरायलले मंगलबार गरेको दुई छुट्टाछुट्टै हमलामा गाजामा कम्तीमा २८ जनाको ज्यान गएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीले जनाएका छन् । मध्य गाजाको देइर अल–बलाह सहरको पश्चिमी भागमा अवस्थित शाती शरणार्थी शिविरमा आश्रय लिइरहेका सर्वसाधारणमाथि भएको आक्रमणमा कम्तीमा १५ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।
एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरको पश्चिममा रहेको अल–सती शिविरमा इजरायलले गरेको अर्को आक्रमणमा पनि कम्तीमा १३ जनाको मृत्यु भएको बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्टका अनुसार उक्त हमलामा कम्तीमा १ सय १८ जना घाइते भएका छन् । तर इजरायली सेनाले भने हमलाका बारेमा ‘कुनै जानकारी नभएको’ बताएको छ ।
२२ महिनादेखि चलिरहेको युद्धमा इजरायलले नयाँ क्षेत्रमा आक्रमण गरेको बताइएको छ, जुन क्षेत्रमा यसअघि इजरायल–हमास युद्धको प्रभाव थिएन । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय ९ओसीएचए० ले यस क्षेत्रमा ५० हजारदेखि ८० हजार मानिस बसोबास गर्ने अनुमान गरेको छ । इजरायल–हमास युद्ध चर्केपछि पछिल्लो समय यस क्षेत्रमा झन्डै ३० हजारको संख्यामा विस्थापितहरू आएर आश्रय लिएर बसेका छन् ।
यस क्षेत्रलाई अहिलेसम्म अपेक्षाकृत सुरक्षित मानिएको थियो । यिनै क्षेत्रलाई लक्षित गर्दै इजरायलले ठूलो मात्रामा स्थलगत अपरेसन थाल्दै मंगलबार पहिलो आक्रमण गरेको हो । स्थानीय प्यालेस्टिनीले बताएअनुसार इजरायलले यहाँ ट्यांक गोलाबारीबाट रातभर भीषण हमला गरेको थियो । ‘यो हमला रातभर चलेको थियो,’ देइर अल–बलाहका स्थानीय आयमान अबी हसनले एपीसँग भने, ‘हमला यति भीषण थियो कि कुनै ठूलो भूकम्प आएर जमिन हल्लाइरहेको जस्तो अनुभव भएको थियो ।’
सिफा अस्पतालका निर्देशक डा। मोहम्मद अबु सेल्मियाहले समाचार संस्था एपीलाई बताएअनुसार मृतकहरूमध्ये तीन महिला र तीन बालबालिका समावेश छन् । अन्य ३८ जना प्यालेस्टिनीहरू घाइते भएका छन् । स्वास्थ्य मन्त्रालयको एम्बुलेन्स र आपत्कालीन सेवाले सार्वजनिक गरेका फुटेजमा आक्रमणपछि मृतकहरूलाई भुइँमा लडिरहेको देखिएको थियो ।
त्यसैगरी, गाजा सहरमा सहायता लिएर आउने ट्रकहरू पर्खिरहेका प्यालेस्टिनीको भीडलाई लक्षित गर्दै भएको दोस्रो आक्रमणमा आठ जनाको मृत्यु भएको बताइएको छ । प्यालेस्टिनी रेड क्रिसेन्टका अनुसार उक्त हमलामा कम्तीमा १ सय १८ जना घाइते भएका छन् । हमला हुनुअघि सहायता सामग्रीका लागि पर्खिरहेका अहमद मानाले भने, ‘भीडलाई लक्षित गर्दै इजरायली विमानले दुई पटक प्रहार गरेको थियो ।’
गाजा र सिरियामा भएको इजरायली हमलाप्रति ट्रम्पको असन्तुष्टि