काठमाडौं-जेन-जी आन्दोलनमा ज्यान गुमाएका प्रतिव्यक्तिलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सरकारले निर्णय गरेकाे छ ।
जेन-जी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेकाे हाे ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन्। मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले मृतकलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन ।
त्यस्तै, घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय भएको र त्यही अनुसार उपचार गर्ने काम भइरहेको उनले बताए।