बारा– कलैया–बीरगंज सडक खण्ड अन्र्तगत कलैया उपमहानगरपालिका २३ सिसहनिया चोकमा भएको सवारी दुर्घटनामा परी एक महिला गम्भिर घाईते भएकी छिन ।
घाईते हुनेमा म्याजिकमा सवार यात्री पर्सा बहुदरमाई नगरपालिका ६ गम्हरिया बस्ने कृष्णा साहकी पत्नी २५ वर्षिया राधा देवी साह रहेकी छिन ।
बीरगंजबाट कलैया तर्फ आउदै गरेको ना १ ज ७६१७ नम्बरको म्याजिक आफै अनियन्त्रित भई रोकी राखेको उखु लोड भएको ट्रेलरको पछाडी ठोकिदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
घाईते महिलाको कलैया अस्पतालमा उपचार भईरहेको र दुर्घटनामा संलग्न म्याजिकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । म्याजिक चालक फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
सडक साँघुरो भएको कारण कलैया बीरगंज सडक खण्डमा दिनहु सवारी दुर्घटना हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ ।