वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुुहोस 9861436955

बारामा आगोमा जलेर दम्पती घाईते

बारा– बाराको कलैया उपमहानगरपालिका ८ देवीगंजमा शुक्रवार बिहान आगोमा जलेर एक दम्पती घाईते भएका छन ।

घाईते हुनेमा स्थानीय ६५ वर्षिय ईनद दास र निजकै पत्नी ६० वर्षिय निलम देवी दास रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जाकनारी दिए ।

ग्यास चुल्होमा चिया पकाउने क्रममा शुक्रवार बिहान निलमको लुगामा आगो सल्किएको थियो ।

आगोबाट जलीरहेकी श्रीमतीलाई जोगाउन आगो निभाउने क्रममा उनका श्रीमान अवकासप्राप्त शिक्षक ईनल पनि घाईते भएका छन ।

घाईते दुबैलाई स्थानीय वासिन्दाको सहयोगमा उद्धार गरी उपचारको लागी कलैया स्थित राज्य लक्ष्मी अस्पतालमा पुर्याईएको थियो ।

दुबै हात जलेका ईनलको राज्य लक्ष्मी अस्पतालमै उपचार भईरहेको र छाती भन्दा तल खुट्टा सम्मको भाग जलेर गम्भिर घाईते भएकी निलमलाई थप उपचारको लागी काठमाण्डौं स्थित बर्न अस्पताल किर्तिपुरमा पठाईएको प्रहरीले जनाएको छ ।