बारा– बेमौसमी वर्षासंगै बारा जिल्लाको छुट्टाछुट्टै स्थानमा खसेको खसेको चट्यांङले विद्युतिय उपकरण सहितका मालसामानमा क्षति पुर्याएको छ ।
कलैया उपमहानगरपालिका २१ भोडहा स्थित एक घरमा शुक्रवार साझ चट्यांङ खसेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
स्थानीय प्रधुमन चौधरीको घरमा चट्यांङ खस्दा अचानक विद्युत सर्ट भएर एक थान विद्युतिय मोटर, ईन्भर्टर, ७ वटा बत्ती लगातका विद्युतिय सामाग्रीमा क्षति पुगेको डिएसपी थापाले जानकारी दिएका छन ।
चट्यांङबाट मानविय तथा चौपाया क्षति नभएपनि विद्युतिय सामाग्री सर्ट भएर १७ हजारको नोक्सान भएको उनले जानकारी दिए ।
घटनास्थलमा प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरी टोलीले पुगी भएको क्षतिबारे जानकारी लिएको उनले बताए ।
यसैगरी बाराको उत्तरझिटकैयामा स्थानीय हिरामन यादवले राखेको परालको कुन्यूमा शुक्रवार दिउसो वर्षासंगै चट्यांङ खसेको स्थानीयले बताएका छन ।
चट्यांङको विद्युतिय करेन्टबाट परालको कुन्यूमा आगलागी भएको र आगलागीबाट केही पराल जलेर नोक्सान भएको पीडितले बताएका छन ।
समयमै घटना स्थलमा पुगेर स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिईएकोले धेरै क्षति हुन नपाएको पीडितले बताएका छन ।