ट्याक्टर र काठ सहित दुई पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 657
1 मि. पढ्न लाग्ने समय

बारा– ईलाका प्रहरी कार्यालय निजगढले बिहिवार निजगढ नगरपालिका ८ खैरघारिबाट ट्याक्टर र काठ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब निरिक्षक संजय प्रसाद यादवको कमाण्डामा खटिएको प्रहरी टोलीले अनटेष्ट ट्रेक्टरमा जोडिएको ना ५ त १०७ नम्बरको टेलरमा लोड गरिएको ७ फिट लम्बाई, ४ ईन्च चौडाई र ३ ईन्च मोटाई भएको चिरान गरिएको १६ थान सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रहरी टोलीलाई देख्ना साथ चालक ट्याक्टर छाडेर फरार भएको र ट्याक्टरमा सवार निजगढ नगरपालिका ४ का ३० वर्षिय राजकुमार चौधरी, सोही ठाउकै श्रवण गुरुङको छोरा १२ वर्षिय आयुस गुरुङलाई काठ र ट्याक्टर सहित नियन्त्रणमा लिईएको डिएसपी थापाले जानकारी दिए ।

ईलाका प्रहरीमा राखिएका काठ तथा ट्याक्टर सहित उनीहरुलाई जिल्ला वन कार्यालय बाराको जिम्मामा लगाईने प्रहरीले जनाएको छ ।

उनीहरुलाई वन ऐन अन्र्तगत चोरी तस्करी मुद्धामा कारवाही हुने प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस