वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुुहोस 9861436955

अपहरणकारीको फन्दामा परेकी बाराकी १२ वर्षिया बालिकाको सकुशल उद्धार

पवन यादव

बारा– विगत १० दिन देखी बाराको कलैयाबाट अपहरणमा परेकी १२ वर्षिया बालिकाको बिहिवार बाराको डुमरवानाबाट प्रहरीको सहयोगमा सकुशल उद्धार गरिएको छ ।

लामो समय देखी कोठामा थुनेर राखिएकी ती बालिका बिहिवार अपहरणकारीहरुको फन्दाबाट फुत्केर बाहिर निस्कीन सफल भएकी छिन ।

फुत्केर बाहिर निस्कीएकी बालिकालाई अस्वभाविक हाउभाउमा देखेपछि स्थानीयले बालिका बारे प्रहरीलाई सुचना दिएका थिए । सूचना पाए लगतै पुगेको प्रहरीले फोटो तथा हुलिया ब्योहोराबाट किशोरीको पहिचान गरेको थियो ।

त्यसपछि उद्धार गरिएकी बालिकालाई जिल्ला प्रहरी कार्यालय बारा परिसरमा रहेको महिला तथा बालबालिका सेवा केन्द्र कलैयाको जिम्मा लगाईएको प्रहरी श्रोतले जनाएको छ ।

महिला सेलको निगरानीमा रहेकी ती बालिकासंग घटनाबारे सोधपुछ भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

‘अहिले सम्म बालिकाबाट खासै कुरो खुल्न सकेको छैन,’ उनले भने ‘खुलाउने प्रयास भईरहेको छ, कुरो नखुलेसम्म केही भन्न मिल्दैन ।’ तर ती बालिकालाई डुमरवानाबाट फेला पारिएको उनले बताए ।

प्रहरीले हुलिया ब्योहोराको आधारमा बालिकालाई फेला पारी जिल्ला प्रहरी कार्यालयमा ल्याएको उनले जानकारी दिए ।

बालिकाको उद्धार गर्न प्रहरीमा निवेदन दिएका अभिभावकले ८ दिन सम्म आफ्नो तरिकाले खोज तलाश जारी राखेका थिए ।

पीडित परिवारले खोज तलाशको क्रममा लुकेर अभिभावकलाई फोन सम्पर्क गरेकी कक्षा ५ मा पढने ती बालिकाले आफु कोठामा थुनिएको बताएकी थिईन ।

अपहरणकारीले आफुलाई कुटपिट गर्नुका साथै शारिरिक तथा मान्सिक यातना दिएको कुरा ती बालिकाले भकानिदै फोन मार्फत अभिभावकालाई जानकारी गराएकी थिईन ।

प्रहरीलाई फोन आएको नम्बर र रेकर्ड गरिएको भ्वाईस क्लिप्स उपलब्ध गराउदा समेत प्रहरीले बेवास्ता गरेपछि झन्न तनाव बढेको अपहरितका अभिभावकले बताएका छन ।

अपहरित छोरीको खोजतलाशमा सहयोग गरिदिन पत्रकारसंग गुहार मांगेको तीनका अभिभावकले बताएका छन ।

घटनाबारे जानकारी पाएपछि पत्रकारले फोन मार्फत प्रहरी अधिकारीसंग घटनाबारे सोधपुछ गर्न थालेपछि प्रहरीले बालिकाको खोजतलाशमा चासो देखाएको थियो ।

हल्ला गर्दा वा समाचार सार्वजनिक बालिकालको ज्यान जाने सम्भावना प्रबल देखिएपछि सामाचार रोकेर प्रहरीलाई सहयोग गरिएको ती पत्रकारले बताएका छन ।

बालिकाको सकुशल उद्धार हुनुमै हम्रो सफल्ता रहेको ती पत्रकारले प्रतिकिया दिएका छन ।