जनमत पार्टीद्वारा कलैयामा प्रदर्शन

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 977
1 मि. पढ्न लाग्ने समय

बारा– किसानको आन्दोलन दबाउन प्रहरी प्रशासनले आतंकवादी शैलीमा दमन गरीरहेको जनमत पार्टी बाराका जिल्ला नेता अक्बल खलिफाले आरोप लगाएका छन ।

जनमत पार्टी बाराले सदरमुकाम कलैया भरतचोकमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको उनले बताए ।

‘किसानको आवाज दबाउने प्रहरी आतंकवादी हो,’ उनले भने, ‘प्रहरीको हस्तक्षेप बढेकै कारण आन्दोलनले उग्र रुप लिन्छ ।’ उग्र आन्दोलनबाट हुने जनधनको क्षतिको सम्पुर्ण जिम्मेवारी सरकारले नै लिनु पर्छ । अब प्रहरीलाई ईटको जवाव पत्थरले दिनु पर्ने अवस्था आईपुगेको उनले बताए ।

२४ सै घण्टा मिहिनेत गरेर सबैको लागी अन्न तथा तरकारी वाली उत्वादन गर्ने किसानलाई पेन्सनको व्यवस्था गर्न जनमत पार्टी बाराका जिल्ला सचिव विजय गुप्ताले माग गरेका छन ।

किसानसंग सरकारले गरीरहेको विभेदको अन्त्य नभए जनमत पार्टीले आन्दोलन कडा बनाउने चेतावनी उनले दिए ।

जनमत पार्टी बाराका सहसचिव लक्ष्मीकान्त गुप्ताले संचालन गरेको कोण सभामा महिला तथा युवाहरुको उल्लेख्य सहभागिता थियो ।

प्रहरी दमन तथा हस्तक्षेपको विरोधमा जनमत पार्टीले कलैयामा मशाल जुलुश समेत प्रदर्शन गरेको छ ।

ट्याग्स : , , , , , , ,
यो लेख शेयर गर्नुहोस