पवन यादव
बारा– बाराको बारागढी गाउपालिका २ विसुनपुर्वामा मंगलवार राती भिषण अगालागी भएको छ । आगलागीमा परी ९ वटा फुसको घर जलेर पुर्ण रुपमा ध्वस्त भएको छ ।
आगलागीमा परी स्थानीय प्रेमलाल चौधरी, जयप्रकाश चौधरी, लिलावती थरुनी, उर्मिला चौधरी, देवकान्त चौधरी, सुरेश दास, कन्चन दास, लक्ष्मण दास, शंकर प्रसाद जयसवालको घर गोठ जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
अगलागीमा परी घरगोठ सहित घर भित्र राखिएको काठको फर्निचर, झ्याल, ढोका, दाउरा, अन्नपात लगायतका धनमाल गरी करी ९ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको उनले जानकारी दिए ।
स्थानीय प्रेमलाल चौधरीको घरबाट राती पौने १२ बजे सुरु भएको आगलागीलाई ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा बुधवार बिहान पौने २ बजे नियन्त्रणमा लिईएको उनले जानकारी दिए ।
अगलागी कसरी भएको हो खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसैगरी बाराको आदर्शकोतवाल गाउपालिका ४ ईनर्वामालमा राखिएको परालको कुन्युमा मंगलवार राती आगलागी भएको छ ।
आगलागीमा परी स्थानीय अताबुल खाँ पैठानको २ विघा जग्गाबाट संकलन गरिएको धानको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी एउटा साईकल र ३० हजार रुपैयाँ बढीको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय वासिन्दा, प्ररही र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको आगलागी कसरी भएको हो खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।