मदिराको झोकमा चलाईएको स्कारपिओको ठक्करबाट बारामा दाजुभाईको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2.2k
4 मि. पढ्न लाग्ने समय

पवन यादव
बारा– एक साता अघि खरीद गरिएको भारतिय स्कारपिओको ठक्करबाट बुधवार राती कलैयामा दुई दाजुभाईको ज्यान गएको छ ।

मदिराको झोकमा तिब्र गतिमा चालकले कुदाएको एयर प्रुफ स्कारपिओले कलैया–बीरगंज सडक खण्ड अन्र्तगत कलैया उपमहानगरपालिका २५ विजय आयल स्टोर्स नजिकै विपरित दिशाबाट आउदै गरेको मोटरसाईकललाई ठक्कर दिदा भएको सडक दुर्घटनामा दाजु भाईको ज्यान गएको हो ।

स्कारपिओको ठक्करबाट गम्भिर घाईते भएका कलैया उपमहानगरपालिका ५ निवासी ५५ वर्षिय सितल साह र उनका कान्छा भाई ४० वर्षिय नरेश साहको उपचारको क्रममा वीरगंज स्थित नेशनल मेडिकल कलेजमा बुधवार राती करीब साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । मृतक दुबै दाजु भाई सिसहनिया चोकमा रहेको पसलबाट कलैया भरतचोक नजिकै रहेको घरमा फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

पसलको लागी साथीसंग लिएको रकम सम्बन्धमा हिसाब किताब गर्न बुधवार साझ करीब ५ बजे सोनालाल साहसंग भएको फोन वार्तालापमा मृतक नरेशले बिहिवार बिहान भेट्ने वाचा गरेका थिए ।

नरेशसंगको भेटको प्रतिक्षामा बसेका साथी सोनालालको प्रतिक्षा अधुरै रहयो । अब उनको प्रतिक्षा कहिल्यै पुरा हुदैन । नरेश मोटरसाईकल दुर्घटनामा दाजुसंगै ज्यान गुमाएको खबरले आफुहरुलाई स्तब्ध बनाएको सोनालालका भाई पिन्टु साहले बताए । उनले आफ्नो उमेरभरीमै पहिलो पटक दुई दाजुभाईको शव एकै साथ उठेको देखेको बताए ।

‘यस्तो घटना कहिल्यै देखेको थिईन,’ उनले भने, ‘कल्पना नै नगरेको घटना घट्यो ।’ चालकले अत्याधिक मदिरा सेवन गरेर सवारी चलाएको हल्ला आफुले पनि सुनेको उनले बताए । घटना पछि पुरै कलैया बजार र सिसहनिया चोक शोकमा डुबेको छ ।

व्यापारी पृष्टभुमिमा रहेका सितलको राईसमिल लगायतका कारोवार संचालनमा रहेको छ । राईस मिलबाटै उनी भाईसंग पुरानो मोटरसाईकलमा बसी घर पर्किदै गर्दा दुर्घटनामा परेका हुन ।

कलैयाबाट बीरगंज तर्फ जादै गरेको बि.आर.०५ ए.आर. ५१५१ नम्बरको भारतिय स्कारपिओले दुबै दाजुभाई सवार ना ८ प ८८६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा उक्त दुर्घटना भएको डिएसपी थापाले जानकारी दिए ।

ठक्कर दिने भारतिय स्कारपिओका चालक भारत रक्सौल निवासी २४ वर्षिय अरविन्द गिरी सहित ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा चालक पता लागेको डिएसपी थापाले बताए ।

मोटरसाईकललाई ठक्कर दिदा अनियन्त्रित बनेको स्कारपिओ घटनास्थल भन्दा करीब एक सय मिटर पश्चिम सडक भन्दा दक्षिण पट्टीको खेतमा आफै दुर्घटनामा परेको थियो ।

खाल्डो खेतमा झरेको जिपमा ठुलो क्षति भएपनि त्यसभित्र सवार व्यक्तीहरु एयर ब्यागको कारण सकुशल जोगिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएकाहरु मध्ये चालकको पहिचान खुलेपछि बाकीका व्यक्तीहरु छाडिएको डिएसपी थापाले जानकारी दिए ।
चालकले मादक पदार्थ सेवन गरी तिब्र गतिमा स्कारपिओलाई कुदाएकै कारण उक्त दुर्घटना हुन गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चालकले मदिरा सेव गरी जिप चलाएको मेडिकल रिपोर्टबाट देखिएको डिएसपी थापाले जानकारी दिए । दुर्घटनामा संलग्न मोटरसाईकललाई समेत नियन्त्रणमा लिईएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मृतक दुबैको शव नेशनल मेडिकल कलेजमै परिक्षण गरी अन्तिम संस्कारको लागी आफन्तको जिम्मा लगाईएको थियो । मृतक दाजु भाईको शव यात्रा एकै साथ निकालिएको थियो । शव यात्रा पछि हिन्दु परम्परा अनुसार दुबै जनाको कलैयामा दाह संस्कार परिवारजनले गरेका छन ।

ट्याग्स : , , , , , , , , ,
यो लेख शेयर गर्नुहोस