कलैयामा भ्रष्टाचार विरुद्ध प्रदर्शन

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
1 मि. पढ्न लाग्ने समय

बारा– स्थानीय तहमा मौलाएको भ्रष्टाचारलाई नियन्त्रण गर्न र दोषीलाई कारवाहीको माग गर्दै विवेकशील साझा पार्टी बाराले बिहिवार कलैयामा प्रदर्शन गरेको छ ।

विवेकशील पार्टी बाराका नेता डा. सुशील साहको नेतृत्वमा भ्रष्टाचार विरुद्ध चर्का नारावाजी गर्दै प्रदर्शन गरिएको हो ।

प्रदर्शनपछि भरतचोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेता साहले विकास निर्माणको नाममा व्यापक रुपले अनियमितता भईरहेको बताए ।

कलैया उपमहानगरपालिकाका प्राविधिक (ईन्जिनियर)ले कमिशनको लोभमा कमशल कामलाई गुणस्तरिय प्रमाणित गर्ने गरेको उनले आरोप लगाए । सडक ढलान, भवन निर्माण, नाला निर्माण लगायतका कामको मुल्यांकन गर्न प्रविधिकले कमिशन लिने गरेको उनले आरोप लगाए ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस