पवन यादव
बारा– विभिन्न मुद्दामा बारा जिल्ला अदालतबाट कैद सजाय पाएर लुकीछिपी बस्दै आएका दुई जना फरार अभियुक्तलाई प्रहरीले बिहिवार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।
लेनदेन मुद्दाका फरार प्रतिवादी बारागढी गाउपालिका ४ पथरा बस्ने ७५ वर्षिय सखिचन महरा चमारलाई उनकै घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
लेनदेन मुद्दामा बारा जिल्ला अदालतले महरालाई दोषी कारर गर्दै २०७७ पुस २७ गते ६ महिना कैद सजाय सुनाएको थियो ।
यसैगरी लागू औषध मुद्दाका एक फरार प्रतिवादी बारागढी गाउपालिका ४ बस्ने ६० वर्षिय सुरेन्द्र साह बनियालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतले साहलाई उक्त मुद्दामा दोषी ठहर गर्दै २०७४ साउन ९ गते एक वर्ष ३ महिना २० दिन कैद र १० हजार रुपैयाँ जरिवाना गरेको थियो ।
कैद सजाय र जरिवाना लागेपछि लुकीछिपी बस्दै आएका साहलाई उनकै गाउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका महरा र साहलाई अदालतको आदेश अनुसार पक्राउ गरी कैद भुक्तानको लागी बीरगंज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।