निर्माणधिन औद्योगिक मार्गको जितपुरमा उडेको धुलोले सर्वसाधारणलाई सास्ती

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 870
2 मि. पढ्न लाग्ने समय
w'nf]n] c“Wof/f] M af/fsf] dl6cjf{–dfgdy ;8s v08 cGt{ut sn}of pkdxfgu/kflnsfsf] >Lk'/df ;jf/Ln] p8fPsf] w'nf] 5Nb} ;fgf ;jf/L rfns Pjd a6'jf . w'nf]n] lbp;} c“Wof/f] x'g] u/]sf] 5 . t:jL/ M kjg ofbj÷sflGtk'/

पवन यादव
बारा– निर्माणाधिन अवस्थामा रहेको बीरगंज–पथलैया औद्योगिक मार्गमा उडेको धुलोलो सर्वसाधारणलाई सास्ती भएको छ । सम्बन्धित ठेकेदार वा स्थानीय तहले समय समयमा पानी नछर्किदा सडकमा उडेको धुलोले दुर्घटनाको जोखिम बढाएको छ ।

सडकमा तिब्र गतिमा गुडेको टिपर, बस, ट्रक, ट्याङ्कर लगायतका चारपाङग्रे सवारी साधनले उडाएकोे धुलोले बाटो नै देखिदैन । बाटो नदेख्ने मोटरसाईकल, साईकल चालकले खाल्डाखुल्डी भएको सडकमा दुर्घटनामा पर्ने गरेका छन ।

यस सडक खण्डमा धुलोकै कारण दिनहु सवारी दुर्घटना हुने गरेको छ । २ वर्ष भित्रमा सडक निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेमा म्याद नाँघेको ३ वर्ष बितिसक्दा पनि अहिले सम्म निर्माण कार्य पुरा नभएको आरोप जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय कुमार साहले लगाए ।

धुलोको कारण जितपुर, छातापिप्रा, नितनपुर, परवानीपुर, गण्डक लगायत स्थानका बासिन्दा तथा यस औद्योगिक क्षेत्रमा कार्यरत मजदुर, व्यापारी समेत बढी प्रभावित भएका छन ।

आद्यौगिक करीडोरका विभिन्न उद्योगमा कार्यरत ५० हजार भन्दा बढी मजदुर तथा जितपुर बजारका एक हजार भन्दा बढी व्यापारी धुलोबाट प्रत्यक्ष मारमा परेको अध्यक्ष साहको दाबी छ ।

धुलोकै कारण जितपुरको व्यापार समेत घटेको छ । धुलाम्य सडक छिचोलेर ग्राहक जितपुर बजार आउन चाहदैनन । सिमरामा सडक कालोपत्रे भएकोले त्यहाका ग्राहक जितपुर आउनै छाडेका छन ।

ग्राहक नआएपछि व्यापार पनि धराशायी बनेको रेडिमेन्ट व्यवसायी संघ जितपुरका अध्यक्ष प्रकाश गिरीले गुनासो गरे । ‘सडकमा पानी पनि हालीदैन,’ उनले भने, ‘सडकको धुलो व्यवस्थापन गर्न जितपुर सिमरा उपमहानगरपालिका, ठेकेदार कम्पनीका कर्मचारी कसैले चासो देखाएको छैन ।’ कामको शिलशिलामा दिनभरी धुलाम्य सडक ओहोर दोहोर गर्नु पर्ने बाध्यता रहेको उनले बताए ।

धेरै पटक स्वास लिएसंगै धुलो पनि मुख भित्र पस्ने गरेको जितपुर सिमारा उपमहानगरपालिका ५ बकुलियाका मुन्ना चौधरीले गुनासो गरे ।
‘सडक निर्माण कार्य समयमै पुरा भईदिएको भए हामीले यसरी धुलोले सास्ती खेप्नु पर्दैन्थ्यो,’ उनले भने, ‘धुलोकै कारण यस क्षेत्रका बासिन्दामा श्वासप्रश्वासको समस्या बढेको छ ।

अहिले सडकमा उडेको धुलोले समस्या भोग्दै दिनचर्या बिताईरहेका जितपुरका पीडितहरुले धुलोले संक्रामक रोगको समेत जोखिम बढाएको बताएका छन ।

यो लेख शेयर गर्नुहोस