हल बन्द गरिदा चपलीहाइट ३ मारमा

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 973
1 मि. पढ्न लाग्ने समय

काठमाडौ— सरकारले माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेसँगै प्रदर्शनमा आएको तेस्रो दिनमै चपलीहाइट ३ को प्रदर्शन स्थगन गरिएको छ । कोभिड महामारीकै कारण झण्डै २ वर्ष अलमलमा परेको फिल्म फेरि महामारीकै चपेटामा पर्‍यो ।

यसअघि २०७६ को चैत २८ मा फिल्म प्रदर्शन गर्ने तयारी थियो । तर चैत ११ देखि सरकारले लकडाउन घोषणा गरेपछि निर्माता अर्जुन कुमार फिल्मको प्रदर्शन स्थगन गर्न बाध्य भए ।

यस्तै निर्देशकरनिर्माता सुदर्शन थापाको फिल्म प्रदर्शन गर्न तीन दिन बाँकी हुँदा स्थगन भयो । निर्माता कुमारका अनुसार चपलीहाइट ३ु स्थगन गर्दा झन्डै २ वर्ष १ करोड ५० लाखको लगानी फ्रिज भयो ।

लामो समयपछि हलमा दर्शक फर्कने छाँटकाँट देखिएपछि प्रदर्शन आँटेका थिए कुमारले । तर विविध कारणले यसबीच फिल्मको प्रदर्शन मिति सरिरह्यो । पुस ३० भने फिल्म प्रदर्शनको फाइल मिति थियो । तर लक्षित दर्शकलाई फिल्म देखाउन नपाउँदै हल बन्द हुँदा उनलाई तनाव थपिएको छ ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस