श्रोत नखुलेको रकम सहित भारतिय पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1k
1 मि. पढ्न लाग्ने समय

रौतहट– रौतहट प्रहरीले श्रोत नखुलेको ३ लाख ६८ हजार ६ सय रुपैयाँ नेपाली नोट सहित एक भारतियलाई सोमवार पक्राउ गरेको छ ।

बौधीमाई नगरपालिका ७ बंकुल बजारमा शंकास्पद गतिविधी गरीरहेका भारत पुर्वी चम्पारण बस्ने १७ वर्षिय यसराज जयसवाललाई श्रोत नखुलेको नोट तथा बि.आर.०५ए.एन ६०८२ नम्बरको भारतिय मोटरसाईकल सहित प्रहरी चौकी बंकुलको टोलीले नियन्त्रणमा लिईएको हो ।

प्रहरी चौकी बंकुलका प्रमुख प्रहरी सहायक निरिक्षक मनोज कुमार सिंहको नेतृत्वमा खटिएको टोलीले नगद तथा मोटरसाईकल सहित जयसवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

नियन्त्रणमा लिईएको श्रोत नखुलेको नेपाली नोट, मोटरसाईकल सहित जयसवाललाई आवश्यक कानुनी कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाईएको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस