वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुुहोस 9861436955

पीडित माथी लाठी बर्साउने बाराका प्रहरी उपरिक्षक शाही सहित ३४ प्रहरी उपरिक्षकको सरुवा

बारा– जिल्ला प्रहरी कार्यायालय बाराका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाही सहित ३४ जना प्रहरी उपरिक्षकहरुको सरुवा भएको छ ।

प्रहरी उपरिक्षक शाहीको नेपाल प्रदेश प्रहरी कार्यालय काभ्रेपलाञ्चोक सरुवा भएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभागले जनाएको छ ।

प्रहरी उपरिक्षक शाहीको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखको जिम्मेवारीमा नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरबाट सरुवा भई दिलिप सिंह देउवा आउदै छन ।

यसैगरी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाकाको प्रमुखको जिम्मेवारीमा नान्तीराज गुरुङ्ग आउदैछन ।

तत्कालिन कार्यालय प्रमुख रहेका हिमालय कुमार श्रेष्ठको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाण्डौंमा सरुवा भएपछि गुरुङ्गको आगमन हुन लागेको विभागले जनाएको छ ।

जिल्लाको शान्ती सुरक्षा कायम गर्न चुकेका शाहीलाई प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको जनाईएको छ ।

प्रहरी उपरिक्षक शाहीले जंगली हातीको आक्रमणबाट मारिएका व्यक्तीको सन्तान तथा आफन्त माथी लाठी बर्साउन आदेश दिएर जिल्लावासीलाई न्याय दिलाएको भन्दै स्थानीयले व्यंग गर्न थालेका छन ।

प्रहरी समयमा घटनास्थलमा नपुग्दा घाईते अभिभावकलाई समयमा अस्पताल पु¥याउन नसकिएको गुनासो गर्न जादा उल्टै प्रहरी उपरिक्षक शाहीकै आदेशमा लाठीको प्रहार सह्न आफुहरु बाध्य हुुनु परेको पीडितले गुनासो गरेका छन ।

प्रहरी उपरिक्षक शाहीले प्रहरी उपरिक्षकको पावरलाई दुरुपयोग गर्दै पीडित माथी राणाशाही शासन चलाएको स्थानीयको आरोप छ ।

रकमी चलखेलमा परेर प्रहरी उपरिक्षक शाहीले दुई जना बालकको हत्या भएको घटनालाई सामसुम पारेका छन । दुई जना बालकको हत्याको अनुसन्धान फितलो बनाएको र निर्दोषदलाई दोषी बनाउन चलखेल गरेको स्थानीयको भनाई छ ।

यसैगरी ट्राफिक प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठले पनि प्रदेशको ट्राफिक व्यवस्थापन भन्दा पनि सेटिङ्गमा पैसा कमाउने तिर बढी केन्द्रित भएको देखिएको श्रोतले जनाएको छ ।

रकमी चलखेलमा उनले मातहतका ट्राफिक प्रहरीहरुको हेरफेर गरेको र बढी पैसा दिनेहरुलाई राम्रो स्थानमा पठाउने गरेको श्रोतले जनाएको छ ।

ओभरलोड गर्ने सवारी साधनबाट ठुलो रकम संकलन गरेर उनीहरुलाई सवारी ल्याउन लैजान दिएको स्थानीयले बताएका छ ।