श्रोत नखुलेको रकम सहित भारतिय पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 970
1 मि. पढ्न लाग्ने समय

रौतहट– सहस्त्र प्रहरीले रौतहटको ईशनाथ नगरपालिका २ औरैया महनोहरा गेटबाट आईतवार श्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँ नेपाली नोट सहित एक भारतिय युवकलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपाल भित्रिएको बी.आर. ०५ ए.जी. ८०५६ नम्बरको मोटरसाईकल रोकी चेक जाच गर्ने क्रमममा मोटरसाईकल चालक भारत बिहार पूर्वि चम्पारण तेलहराकला ७ का ३९ वर्षिय संजय कुमार जैसवालको साथबाट अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण हेडक्वार्टर रौतहटले जनाएको छ ।

विशेष सूचनाको आधारमा ११ नं. गण हेडक्वार्टर रौतहट र प्रदेश नं. २ वाहिनीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध रकम सहित जैसवाललाई नियन्त्रणमा लिएको जनाईएको छ ।

जैसवाललाई मोटरसाईकल तथा शरिरको खुट्टा, पेट लगायतका स्थानमा लुकाएर ल्याउदै गरेको अवस्थामा श्रोत नखुलेको रकम फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएको रकम, मोटरसाईकल तथा मानिसलाई आवश्यक कानुनी कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाईने सशस्त्र प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , , , , , ,
यो लेख शेयर गर्नुहोस