वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुुहोस 9861436955

बाराबाट मदिरा सेवन गर्ने चालक पक्राउ

बारा– मदिरा सेवन गरी बस चलाउदै गरेको अवस्थामा निजगढमा भेटिएका एक चालकलाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखराबाट धरान तर्फ जादै गरेको को १ ख ५७०० नम्बरको यत्रुवाहक बसलाई निजगढ ११ स्थित राजमार्गमा रोकी चेकजाच गर्ने क्रममा चालकले मदिरा सेवन गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरीको चेकिङ्ग टोलीले बस चालक सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ११ खनाट बस्ने ४४ वर्षिय ईन्द्रलाल गिरीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाहीको लागी ईलाका प्रहरी कार्यालय निजगढको जिम्मा लगाएको उनले जानकारी दिए ।

यात्रु बोकेको बसलाई अर्को चालक व्यवस्था गरेर गन्तव्य तर्फ पठाईएको र मदिरा सेवन गर्ने चालकलाई नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।