बारा– बाराको छुट्टाछुट्टै स्थानमा मंगलवार भएको सडक दुर्घटनामा चार जना घाईते भएका छन ।
कलैया उपमहानगरपालिका १७ ब्रम्हपुरी स्थित सडकमा ना १९ प २३०० नम्बरको मोटरसाईकलले भवानीपुरबाट ब्रम्हपुरी तर्फ जादै गरेको साईकललाई पछाडीबाट ठक्कर दिदा भएको सवारी दुर्घटनामा दुई जना घाईते भएका छन ।
उक्त दुर्घटनामा परी साईकल चालक बारा प्रसौनी गाउपालिका ६ बस्ने २० वर्षिय दिपक प्रसाद मण्डल र मोटरसाईकल चालक कलैया उपमहानगरपालिका १७ ब्रम्हपुरी बस्ने १९ वर्षिय अदेश साह घाईते भएका हुन ।
दुर्घटनामा सामान्य घाईते भएका मण्डल कलैया अस्पतालका उपचारपछि घर फर्किएका छन । सोही दुर्घटनामा गम्भिर घाईते साहको बीरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
यसैगरी बाराको पचरौता नगरपालिका ३ रामनगर चोक नजिकै दुई वटा मोटरसाईकल आफसमा ठोकिएर भएको दुर्घटनामा दुई जना घाईते भएका छन ।
बेनौलीबाट कोतवाली तर्फ जादै गरेको बी.आर. ०५ एन ९६४१ नम्बरको मोटरसाईकललाई बा ४२ प २२८३ नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिदा भारतिय मोटरसाईकलमा सवार दुई जना घाईते भएका हुन ।
घाईते हुनेमा भारतिय नम्बरको मोटरसाईकल चालक आदर्श कोतवाल गाउपालिका ३ बस्ने २५ वर्षिय जटाशंकर कुमार यादव र सोही मोटरसाईकलमा पछाडी सवार उनकी बहिनी २० वर्षिया मिना देवी यादव गम्भिर घाईते भएको डिएसपी थापाले जानकारी दिए ।
घाईते दुबै जनाको कलैया अस्पतालमा उपचार भईरहेको र ठक्कर दिने मोटरसाईकल तथा मोटरसाईकल चालक बीरगंज महानगरपालिका २३ प्रसौनी बस्ने २२ वर्षिय महेश दासलाई नियन्त्रणमा लिईएको उनले जानकारी दिए । दुबै दुर्घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।