७ किलो यार्सागुम्बा लुटपाट गर्ने गिरोह पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 436
1 मि. पढ्न लाग्ने समय

महानगरीय अपराध महाशाखा काठमाडाैंले गोंगबुबाट ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।

महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार आइतबार टोलीले मुख्य अभियुक्त बझाङका धर्म ओखेडासहित ७ जना लुटेराको समूहलाई पक्राउ गरेको हो।

ओखेडासँगै पक्राउ पर्नेहरुमा दोलखाका मनोज कुमार श्रेष्ठ, रामेछापका दीपक थापामगर र रोशन श्रेष्ठ, काभ्रेका बिशाल लामा र योङदेन लामा र भारतीय नागरिक मोहम्मद ईसाक रहेका छन्।

उनका अनुसार खरिद गर्ने वहानामा दिपक लामा र सुरेश सापकोटासँग रहेको एक किलो यार्सागुम्बा उनीहरुले लुटेको भन्दै किटानी जाहेरी परेको थियो ।

जाहेरीमाथि अनुसन्धानका क्रममा पक्राउ परेकाको साथबाट ७ किलो ७ सय ४० ग्राम अवैध यार्सागुम्बा र १ लाख ५३ हजार नेपाली रुपैयाँ र केही थान मोबाइलसमेत बरामद भएको कोइरालाले बताए ।

यस बिषयमा थप अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।

यो लेख शेयर गर्नुहोस