गरीबको सहारा बनेको द सहारा २५ औं वर्षमा

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.3k
2 मि. पढ्न लाग्ने समय

पवन यादव
बारा– सरदरमुकाम कलैयाका गरीब, विपन्न तथा मध्यम परिवारको लागी सहारा बनेको द सहारा लोन सेविंग्स को–आँपरेटिभ सोसाइटी लिमिटेड २५ औं वर्षमा प्रवेश गरेको छ ।

प्रधान कार्यालय मलंगवा रहेको द सहाराले बारा सदरमुकाम कलैया सहित सर्लाही, रौतहट, पर्सा, मकवानपुर लगायतका जिल्लामा शाखा विस्तार गरी सेवा संचालन गर्दै आएको जनाईएको छ ।

चालु आर्थिक वर्षको मंसिर महिना सम्म ३० करोड २५ लाख २२ हजार ४ सय शेयर पुँजी पुर्याई सकेको द सहाराले आयकर तिरेर ७ करोड ९३ लाख ९८ हजार एक सय एक रूपैयाँ ७२ पैसा खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कलैया स्थित एभरेष्ट लजमा आयोजित साधारण सभामा द सहाराका कार्यकारी अध्यक्ष नागेन्द्र कुमार यादवद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संचालक समिती सदस्य राकेश पाण्डेयले नाम अनुसारको काम गर्दै द सहारा अगाडी बढी रहेको जानारी दिए ।

आगामी आर्थिक वर्ष २०७९/०८० मा द सहाराको कारोवारलाई १६ अर्ब १३ करोड १६ लाख ८० हजार पुर्याउने लक्ष्य लिईएको उनले जानकारी दिए ।

सो अवधीमा आयकर कट्टा गरी ४२ करोड ४ लाख ८७ हजार ५० रुपैयाँ खुद नाफा आर्जन गर्ने अनुमानित लक्ष्य लिईएको उनले जानकारी दिए ।

संस्थाको कलैयाको कुल सेयर सदस्य दुई हजार ६ सय ५७ रहेको उनले जानकारी दिए । यस बर्ष कलैया शाखाले मात्र ८० लाख ४६ हजार एक सय ४७ रुपैयाँ मुनाफा आर्जन गरेको संचालक समिति सदस्य पाण्डेयले जानकारी दिए ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईको प्रमुख आतिथ्यमा भएको साधारण सभामा जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापा, नागरिक समाज बाराका अध्यक्ष उमेश लालदास, पर्यटन पत्रकार महासंघ बाराका अध्यक्ष पवन यादव, नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव, समाजवादी प्रेस संगठन नेपाल बाराका अध्यक्ष अजय साह, पत्रकार मुकेश यादव, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कलैयाकी सुष्मा बहन, गंगा बहन लगायतकाले मन्तव्य व्यक्त गर्दै द सहाराको उत्तरोतर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा द सहाराकी पुनम गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन । सञ्चालक समितिका सदस्य राकेश पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई जयनारायण यादवले संचालन गरेका थिए ।

यो लेख शेयर गर्नुहोस