एमाले बारामा अध्यक्षका चार आकांक्षी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.3k
2 मि. पढ्न लाग्ने समय

बारा– एमाले, काँग्रेस, माओवादी लगायतका राजनीतिक दल मध्ये अधिकांशको महाधिवेशनबाट केन्द्रिय नेतृत्व चयन भईसकेको छ । केहीको हुने क्रममा छ । केन्द्रिय तथा प्रदेश कमिटी निर्वाचन प्रक्रियाबाट चयन भईसकेको छ । अब पालो जिल्ला कमिटी निर्वाचित गर्ने आएको छ । जिल्ला अधिवेशन सम्पन्न गर्न समय सिमा तोकिएपछि सबै जिल्लामा अधिवेशनको तयारी सुरु भएको छ ।

जिल्ला अध्यक्ष तथा सभापतिका आकांक्षीहरु अगाडी आउन थालेका छन । उनीहरु स्वस्फुर्त रुपमा आफुलाई उम्मेदवार घोषणा गर्न थालेका छन । आफु अध्यक्षको उम्मेदवार हो भन्दै विभिन्न सामाजिक संजाल मार्फत घोषणा गर्ने अहिले होडवाजी नै चलेको छ ।

एमाले बाराको अध्यक्ष पदको लागी आफु योग्य भएको दाबी गर्दै राजमहम्मद राय, रवीन्द्र दास श्रेष्ठ, देवनारायण चौधरी र अमृत शर्मा बजगाईले उम्मेदवारी दिने तयारीमा जुटेका छन ।

आसन्न जिल्ला अधिवेशनमा अध्यक्षको दाबेदारी गरीरहेका राय, श्रेष्ठ, चौधरी लामो समय देखी एमालेमा रही सक्रिय राजनीति गर्दै आएका छन ।

बजगाई माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका हुन । माओवादी केन्द्रको टिकटमा प्रदेश सभासदस्यमा निर्वाचित भएकी ज्वाला कुमारी साहले पार्टी परिवर्तन गर्दै एमालेमा प्रवेश गरेपछि बजगाईको पनि पार्टी परिवर्तन भएको थियो ।

एमालेका केन्द्रिय सदस्य समेत रहेकी ज्याला कुमारीका पति बजगाईले अध्यक्ष पदको लागी दौडाहामा निस्किएका हुन ।

पार्टीको जिल्ला अधिवेशनलाई लिएर एमाले बारामा गुटबन्दी सुरु भएको छ । यस अघि एमाले बाराका प्रभावशाली नेताको रुपमा परिचित विनोद साहको गुटबाट अध्यक्ष पदका आकांक्षीहरुको नाम सार्वजनिक गरिएको थियो ।

बारा उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष समेत रहेका साह अहिले कलैया उपमहानगपालिकाको मेयरको तयारीमा जुटेका छन ।

चुनावी माहौंल आफ्नो पक्षमा पार्न पार्टी भित्र अहिले देखी नै अभ्यासमा जुटेका साह एमाले जिल्ला अध्यक्षमा आफ्नो गुटको उमेदवारलाई जिताउन कसरत गरीरहेका छन ।

जिल्लाको ग्रामिण क्षेत्रमा रहेका मतदातालाई रिझाउन र आफ्नो पक्षमा पार्न साह भेला बैंठकमै व्यस्त देखिएका छन ।

जिल्ला अधिवेशनलाई लिएर एमाले भित्र गुटबन्दी बनाउने क्रम बढेको जिल्ला स्थित नेता कार्यकर्ताले बताएका छन ।

यो लेख शेयर गर्नुहोस