जाडोले जनजिवन कष्टकर, बालबालिका बृद्धबृद्धा बढी प्रभावित

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 921
3 मि. पढ्न लाग्ने समय

केशवनाथ यादव

बारा– विगत केही दिन देखीको चलेको चिसो हावासंगै बढेको जाडोले कष्ठकर बन्दै गएको जनजिवन बेमौसमी वर्षाको कारण थप कष्ठकर बनेको छ । बेमौसमी वर्षा मंगलवार राती देखी सुरु भएपछि जाडो बढेको अनुभूुति गरिएको गर्न थालिएको छ ।

बारा सदरमुकाम कलैया लगायत पर्सा, रौतहट जिल्ला तथा छिमेकी देश भारत बिहारमा पनि बुधवार दिनभरी झरी परेको स्थानीयले जानकारी दिएका छन ।

बेमौसमी वर्षाको पानीले तरकारी तथा मुसुरो बालीमा असर पुर्याउनुका साथै जाडो अत्याधिक रुपले बढाएको कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैया राम मन्दिरका पुजारी शम्भु दासले बताए ।

‘वर्षा भन्दा अगाडी यती धेरै जाडोको अनुभूति गर्न सकिएको थिएन्,’ उनले भने, ‘वर्षा पछि जाडो धेरै बढेको अनुभूति गरिएको छ ।’ एक तर्फ बुढापा र अर्कोतिर कठयाङ्ग्रीदो जाडोले हामी वृद्धहरुलाई दुःख दिन थालेको उनले बताए ।

जाडो सहन् नसकेपछि दाउराको जोहो गरेर घरभित्रै आगो बालेर दिन बिताईरहेको उनले जानकारी दिए । जाडो छल्न पर्याप्त कपडा, कम्बल अभाव रहेका संत शम्भुले आगोको सहारा लिईरहेको बताए । भएको धेरथोर दाउराबाट घुर बालेर जाडो छल्न प्रयास गरीरहेको उनले बताए ।

केही दिन देखी निरन्तर घुर बाल्दै आएका शम्भुले अहिले दाउराको अभाव भएको बताए । जाडो बढेपछि दाउरा बाड्दै आएको स्थानीय प्रशासनले यसपाली अदाउरा नबाडेको उनले बताए ।

स्थानीय प्रशासन र कलैया उपमहानगरपालिकालाई चोक तथा सार्वजनिक स्थल मठ मन्दिर लगायतका स्थानमा दाउरा बाल्न र वितरण गर्न जाडो पीडितहरुले आग्रह गरेका छन ।

उनका अनुसार, गाउ भरीमा २० जना भन्दा बढी जना भन्दा वृद्धवृद्धा छन । जाडोकै कारण सबैको जनजिवन थप कष्ठकर बनेको छ । वृद्धहरुलाई घरबाट बाहिर निस्किन मुश्किल परीरहेको छ । हावा त बरफ जतिकै चिसो अनुभूति गरिएको जाडो पीडितहरुले बताएका छन ।

बेमौसमी वर्षाले वृद्ध र बालबालिकालाई मात्र होईन । दैनिक ज्यालादारीमा काम गर्ने युवा मजदुरलाई पनि प्रभावित बनाएको छ । चार जनाको समुहमा राजमिस्त्रीको काम गर्दै आएका कलैया उपमहानगरपालिकाकै युवक महेन्द्र गोढले बेमौसमी वर्षाकै कारण काममा जान नपाएको बताए । काम नगर्दा आफुहरुले मात्र २ हजार ६ सय रुपैयाँ पाउने ज्याला गुमाएको उनले सुनाए ।

यसरी कलैयामा मात्र एक हजार भन्दा बढी संख्यामा लेवर, मिस्त्री दिनहु खट्दै आएको उनले जानकारी दिए । ‘ती मध्ये ८० प्रतिशत बढी लेबर मिस्त्री काम गर्न पाएनन्,’ उनले भने, ‘घरभित्र पलास्टर, टायल, रंग, काठको काम गर्ने लेवर मिस्त्री मध्ये केहीले मात्र काम गर्न पाए ।’ बाकीले घरमै जाडो छलेर समय बिताएको उनले बताए ।

जाडोबाट विपन्न, गरीबलाई राहत पु¥याउन जिल्ला विपद व्यवस्थापन समितीले ठोस कदम चाल्नु पर्नेमा बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासको जोड छ ।

सार्वजनिक स्थल तथा मठमन्दिरमा यथा शिघ्र दाउरा वितरण गरी घुर बाल्न उनले सरोकारवाला निकायलाई आग्रह गरेका छन ।

एक्कासी बढेको जाडोबाट विद्यार्थीहरुलाई जोगाउन स्थानीय सरकार तथा प्रशासनले सोच्नु पर्ने बेला आएको सरोकारवालाले औल्याएका छन ।

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस