घाटामा रहेको सहकारी संघ लयमा फर्किदै

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
2 मि. पढ्न लाग्ने समय

बारा– कोरोना संक्रमणको कारण आर्थिक कारोवार धराशायी बनेको संघ विस्तारै पुरानो लयमा फर्किन थालेको नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडका पुर्व अध्यक्ष डि.बी. बस्नेतले बताएका छन ।

बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बाराको शनिवार बरियारपुरमा आयोजित १२ औं साधारण सभाको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन ।

कोरोनाको कारण घाटामा रहेको संघले थोरै भएपनि नाफामा जान थालेको उनले बताए । सहकारीकै कारण गरिब विपन्नको लाईफ स्टाईलमा सकारात्मक परिवर्तन आएको उनको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बस्नेतले दिप प्रज्वलन गरेर साधारण सभाको उदघाटन गरेका थिए । आर्थिक वर्ष २०७६/०७७ मा एक लाख ५८ हजार ८ सय ५९ रुपैयाँ ५९ पैसा घाटा व्योहोरेको संघले यस अर्थिक वर्षमा ५ हजार एक सय २० रुपैयाँ २ पैसा नाफा गरेको बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सतेन्द्र प्रसाद ठाकुरले जानकारी दिए ।

बारा जिल्ला भरीका १४ वटा सहकारी शेयर सदस्य रहेको संघले ५ करोड भन्दा बढी कारोवार गरीरहेका संस्थाहरुले शेयर पुजीमा वृद्धी गरी २० हजार पु¥याउने नीति अवलम्बन गर्न अध्यक्ष ठाकुरले साधारण सभामा प्रस्ताव पेस गरेका छन ।

संघका लेखा तथा सुपरिवेक्षण समिती संयोजक निवेश कुमार तिमिल्सिनाले ऋण लगानीको प्रक्रिया ऋण वापतको सुरक्षण र धितो सम्बन्धी व्यवस्थाअनुसार संघका सदस्य संस्थालाई हाल अधिकतम १० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराईने गरिएको जानकारी दिए ।

अध्यक्ष ठकाुरको सभापतित्वमा भएको उदघाटन समारोहमा नेफस्क्यूनका केन्द्रिय कोषाध्यक्ष दिपक पनेरु, जिल्ला समन्वय समिती बाराका उप सभापति पवन कुमार व्याहुत, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादव, आयोजक संघकी उपाध्यक्ष गिता कुशवाहा, कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी लगायतकाले साधारण सभाको सफल्ताको कामना गरेका थिए ।

यो लेख शेयर गर्नुहोस