बोलबम कावर संघको ५० औं वार्षिकोत्सव, अढाई दर्जन सम्मानित

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
1 मि. पढ्न लाग्ने समय

बारा– बोलबम कावर संघ बाराको ५० औ बार्षिक उत्सवको अवसरमा कलैयामा अग्रज तथा संचारकर्मी गरी अढाई दर्जन बढी व्यक्त तथा संस्थालाई एक समारोहबीच सम्मान गरिएको छ ।

संघद्वारा कलैया सिथ्त सिद्धेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा संघका संस्थापक स्वर्गिय सिताराम नेपाली, संस्थापक अध्यक्ष कपिल श्रेष्ठ, काशीनाथ बैध, जंङ्ग बहादुर यादव, बिगन साह, गजानन्द अग्रबाल, सतलाल जी, स्व सरजुग साह मेहता, पुर्ण बहादुर, देवधारी यादव, रामचन्द्र यादव, कबिलाश यादव, भागवत जी, हुलास यादव, श्रीकिशुन यादव, स्व प्रहलाद कुशुवाहा, गौरिशंकर यादव, गोपाल जी, कलावती देवी, मोति बंम मटियरिया, हरि भगत, भोला चौधरी, दिनदयाल चौधरी, सिताराम चौधरी, योगेन्द्र पंडिजी, हरिमोहन खनाल, मोहित बंम, सितलाल बंम, जियालाल बंम सहित संचारकर्मी अजय साह, पवन यादव संस्कार एफएम, बिश्वास एफएमलाई सम्मानित गरिएको आयोजक संस्थाका निरज नेपालीले जानकारी दिए ।

संघका अध्यक्ष कर्दम श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, समाजसेवी दिब्यनाथ श्रेष्ठ, जंङ्गबहादुर यादव, निरज नेपाली लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस