रिलायन्स सुगरमिलको गाडीमा आक्रमण

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.6k
1 मि. पढ्न लाग्ने समय

बारा– बाराको श्रीपुरमा अपरिचित व्यक्तीहरुको समुहले आईतवार साझ रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालीका अधिकारीहरु सवार गाडीमा आक्रमण गरेको छ ।

उद्योगबाट अधिकारीहरुलाई क्वार्टरमा पुर्याउन निस्केको ना ३ च १५४९ नम्बरको बोलेरो जिप माथी ७/८ जनाको समुहमा रहेका नकाबधारीहरुले एक्कासी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

रुमाल र गम्छाले मुख छोपेर रड सहित सडकमा निस्केको उक्त समुहले सवारी रोक्न खोजेको र सवारी नरोक्दा ढुंगा मुढा समेत प्रहार गरी गाडीमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

आक्रमणलाई छल्दै जिप चालकले सशस्त्र प्रहरीको हनुमान मन्दिर सम्म पु¥याएपछि आक्रमणकारी भागेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आक्रमणकारीहरुको खोजतलाश भईरहेको र क्षतिग्रस्त जिप पुनः चिनीमिलमै फर्काएर राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

आक्रमणकारीले प्रहार गरेको ढुंगामुढाबाट जिपमा सवार व्यक्तीहरु सामान्य घाईते भएको र उनीहरुको स्थानीय स्तरमा उपचार भएको प्रहरीले जनाएको छ ।

यो लेख शेयर गर्नुहोस