विवाहको प्रलोभन देखाई करणी गर्ने भारतिय पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
1 मि. पढ्न लाग्ने समय

पर्सा– अनुचित प्रलोभन देखाई १६ वर्षिया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले बीरगंजबाट एक युवकलाई पक्राउ गरेको छ ।

फोन सम्पर्कबाट पीडित बालिकालाई आफ्नै कोठामा बोलाई पटक–पटक करणी गर्ने भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प वार्ड नं.२ तसिल गाडीगाड बस्ने बर्ष २९ को सतवन्त सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवव डिएसपी आमप्रकाश खनालले जानकारी दिए ।

पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई गएको शुक्रवार वीरगंज महानगरपालिका वडा नं.११ श्रीपुर स्थित आफ्नै कोठामा लगी करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुले डिएसपी खनालले जानकारी दिए ।

सिंहलाई बीरगंजस्थित उनकै कोठाबाटै पक्राउ गरिएको र उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको उनले जानकारी दिए ।

जबरजस्ती करणी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , , , , , , ,
यो लेख शेयर गर्नुहोस