बारा– बाराको मथुरापुर गाउ नजिकै रहेको कोहवर्वामाई मन्दिरमा मंगलवार लागेको मेलालाई अझ व्यवस्थीत बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन ।
परम्परागत रुपमा लाग्दै आएको उक्त मेलालाई पर्यटकिय क्षेत्रको रुपमा व्यवस्थापन हुनु पर्ने सरोकारवाला स्थानीयहरुको भनाई छ ।
प्रत्येक वर्ष विवाह पञ्चमी भन्दा एक दिन अगाडी संचालन आएको कोहवर्वामाई मन्दिरमा बोका, परेवा, हास, कुखुराको बली दिने चलन रही आएको मथुरापुरका अमित यादवले जानकारी दिए ।
कोहवर्वामाईको नामले गरिएको भाकल पुरा भएपछि खुशी भएर मेलाकै अवसरमा हुने पुजापाठको बेला श्रद्धालु भक्तजनले बली दिने चलन रहेको छ ।
चारैतिर खेत रहेको मन्दिर स्थलमा पुग्न सडक पुर्वाधार समेत नरहेको मेला हेर्न पुगेका उत्तरझिटकैयाका रामएकवाल मण्डालले बताए ।
मन्दिरमा पुग्न कम्ती बाटोको व्यवस्थानि पजतपुर सिमरा उपमहानगरपालिकाले गर्नु पर्ने उनले बताए ।
सडक पुर्वाधार नहुदा उत्तरझिटकैया, दोहोरी, पकडी, आमवाटोला, ब्रम्हपुरी, बंजरिया, सुराही, ईनर्वासिरा, मटिअरिया, श्रीपुर, विद्यानगर, औधापुर लगायतका स्थानबाट मेला भर्न आएका श्रद्धालु भक्तजनलाई आवतजावत गर्न समस्या भएको थियो ।
उनीहरुले खेतमा लगाईएको तोरी, मसुरो लगायतका बाली माथी हिड्दा किसानलाई क्षती भएको थियो ।
स्थानीयको संहयोगमा लागेको मेलामा खेल तमासा, मनोरञ्जनको लागी ठोकडवाजी नाच, दर्जनौं मिठाईपसल लगायतको व्यवस्था गरिएको थियो ।
प्रत्येक वर्ष एक पटक लाग्ने उक्त मेलामा खेतीपाती गर्ने किसान, तिनका परिवार, स्थानीय बालबालिका, महिला लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।