बारा– भारतबाट दिनहु अवैद्ध रुपले चौपाया, किराना सामाग्री, जुत्ताचप्पल, हार्डवेयर सामाग्री, कस्मेटिक सामाग्री नेपाल भित्रीरहेका छन ।
बाराको मुसहर्वा र छतवा बरैनिया नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा दिनहु २० देखी ३० वटा भैसी नेपाल भित्रीने गरेको स्थानीयले बताएका छन ।
सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा बेस मुसहर्वा र त्यसै अन्र्तगत सईको कमाण्डमा रहेको फरवार्ड बेस छतवाबरैनियाका प्रमुखहरुकै मिलेमतोमा अवैद्ध रुपले चौपाया तथा मालसामान भित्रीरहेका छन ।
‘सशस्त्र प्रहरीसंगको सेटिङ्गमा बिहान ४ बजे देखी बिहान ६ बजे सम्म भारतबाट नेपालको बरैनिया र मुसहर्वा नाकाबाट विनारोकटोक भैसी तस्करले भित्रियाउने गर्छन,’ नाम नछाप्ने शर्तमा एक स्थानीयले भने, ‘अँध्यारोमा नेपाल भित्रियाईएको भैसीहरु मुसहर्वा, बरैनिया गाउमा छुटाएर बासघारी, गाईभैसी खुवाउने नाँधमा बाँधेर राखिन्छ ।’ त्यसपछि गाउपालिकाको सिफारिस, बिलबिजक र पशुक्वारेन्टाईन प्रमाणपत्र तयार गरेर जितपुर भैसी बजारमा पुर्याईन्छ । त्यहा तस्करले काठमाण्डौंका भैसी व्यापारीले राखेको ट्रकमा कोचेर राजजधानी पुर्याउने गरेको ती स्थानीयले जानकारी दिए ।
धेरै व्यापारीले पिकप भ्यानमा राखेर भैसी पोखरा, काठमाण्डौं लगायतका स्थानमा पुर्याउने गरेको उनले बताए ।
यसरी नेपालमा निर्वाधले भैसी भित्रिन् दिन सिमामा खटिएको डिउटीवाला टोलीले आफ्नो लागी २ सय, फरवार्ड बेस छतवाबरैनियाका ईन्चार्ज सशस्त्र प्रहरी नायब निरिक्षक ज्ञानबहादुर आलेको लागी ३ सय र सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा बेस मुसहर्वाका प्रमुख सशस्त्र प्रहरी निरिक्षक अमिर खत्रीको लागी ५ सय रुपैयाँ प्रतिवटा भैसीको दरले तस्करबाट घुस संकलन गर्ने गरेको श्रोतले जनाएको छ ।
यसरी प्रत्येक दिन भैसी तस्करबाट मात्रै डिउटीमा खट्ने सशस्त्र प्रहरीले सरसदर ४ हजार, फरवार्ड बेस प्रमुख सईले ६ हजार र सशस्त्र प्रहरी निरिक्षकले १० हजार रुपैयाँ अवैद्ध रकम असुल्ने गरेको श्रोतको भनाई छ ।
भैसी वाहेक सेटिङ्ग मिलाईएको कपडा व्यापारी, हार्डवेयर व्यापारी, जुत्ताचप्पल व्यापारी, गाई व्यपारी लगायतबाट सशस्त्र प्रहरी निरिक्षक खत्रीले महिनावारी असुलीरहेको श्रोतको भनाई छ ।
भारतिय गाउ घोडासहन हुदै नेपालको बरैनिया नाका हुदै नेपाल भित्रिएको नम्बर नखुलेको म्याजिक भ्यानलाई गत बुधवार कलैया उपमहानगरपालिका २३ मोतिसरबाट कलैयाबाट खटिएको सशस्त्र प्रहरीको अर्को टोलीले नियन्त्रणमा लिएको थियो ।
बीलविजक नभएको ११ लाख ६ हजार रुपैयाँ मुल्य बराबरको चप्पल र ६ लाख मुल्य पर्ने म्याजिक भ्यानलाई आवश्वक कानुनी कारवाहीको लागी बीरगंज भन्सार कार्यालय पठाईएको थियो ।
तर कसरी र कस्को संलग्नतामा चप्पल नेपाल भित्रिएको हो, यसको सोधखोज र अनुसन्धान किन माथिल्लो निकायले गर्न नसकेको हो ? चप्पल भित्रिदा सिमा रक्षामा खटिएका सशस्त्र प्रहरी कहा थिए ? यसको बारे किन अनुसन्धान प्रक्रिया अघि नबढाईएको भन्दै सरोकारवालाले प्रश्न गरीरहेका छन ।
तस्करको संरक्षणमा संलग्न सिमा सुरक्षा अधिकारीलाई कानुनी कारवाहीको दायरामा ल्याईनु पर्नेमा सरोकारवालाको जोड छ ।
सशस्त्र प्रहरीले कपडा व्यपारी सरोज श्रीवास्तव, शेख साहेब, चप्पल व्यापारी भोला मिया, मुसहर्वाका भैसी व्यपारी सन्तोष यादव, बरैनियाका भैसी व्यपारी मनोहर यादव, सनोहर यादव लगायतसंग अवैद्ध रकम तथा महिनावारी असुलीरहेको श्रोतले जनाएको छ ।
सशस्त्र प्रहरीले अवैद्ध रकम असुलीरहेको सूचनाबाट बेखबर भएको जस्तै गरी बस्ने सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण उत्तरझिटकैयाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक रोविन राज कर्णजितले सूचना आएको मालसामान पक्राउ गर्ने गरिएको बताए ।
भारतबाट अवैध रुपले नेपाल भित्रिदै गरेको भैंसी, कपडा, हार्डवेयर सामाग्री भित्रिएको सूचना दिए त्यसलाई तत्कालै नियन्त्रणमा लिएर कारवाही गर्ने दाबी सशस्त्र प्रहरी उपरिक्षक कर्णजितले गरे ।