बारा– नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत बाराको चारैवटा निर्वाचन क्षेत्रमा संस्थापन पक्षका उम्मेदवारले कब्जा जमाएका छन् ।
बारा निर्वाचन क्षेत्र नंम्बर १ को सभापतिमा विजयशंकर यादव विजयी भएका छन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी रामप्रसाद चौधरीलाई ८४ मतको अन्तरले पराजित गरे । विजयशंकरले ३ सय ६० र चौधरीले २ सय ७६ मत प्राप्त गरेका थिए ।
यसै गरि नेपाली कांग्रेस बाराको क्षेत्र नम्बर २ को सभापतिमा रामप्रवेश यादव विजयी हुनु भएको छ । उनले आफना निकटतम प्रतिद्वन्दी उपेन्द्र प्रसाद यादवलाई ६३ मतको अन्तरले पराजित गरेका हुन ।
रामप्रवेश यादवले ३ सय ७६ र उपेन्द्र प्रसाद यादवले ३ सय १३ मत प्राप्त गरेका थिए ।
यसैगरी नेपाली कांग्रेस बाराको क्षेत्र नम्बर ३ को सभापतिमा प्रभात कुमार चौरसिया विजयी भएका छन । उनले आफना निकटतम प्रतिद्वन्दी मुकेश कुशवाहालाई ११ मतको अन्तरले पराजित गरेका हुन । क्षेत्र नम्बर ३ मा कुल खसेको मत ५ सय ९८ मध्ये प्रभात कुमार चौरसियाले ३ सय २ मत र मुकेश कुशवाहाले २ सय ९१ मत प्राप्त गरेका थिए ।
यसैगरी नेपाली कांग्रेस बाराको क्षेत्र नम्बर ४ को सभापतिमा सुनिल गुप्ता विजयी हुनु भएको छ । उनले आफना निकटतम प्रतिद्वन्दी लालबाबु यादवलाई ६७ मतको अन्तरले पराजित गरेका हुन छ । निर्वाचन क्षेत्र नम्बर ४ मा कुल खसेको मत ५ सय ३ मध्ये सुनिल गुप्ताले २ सय ८३ मत र लालबाबु यादवले २ सय १९ मत प्राप्त गरेका थिए ।
२१ जनाको क्षेत्रीय समितिमा ७ पदाधिकारी र बाकी सदस्य रहने व्यवस्था छ । एक सभापति दुई जना प्रदेश सभापतिहरु उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । त्यसैगरी दुई सचिव र दुई सह सचिव सहितका पदाधिकारी रहने व्यवस्था छ ।