पवन यादव
बारा– एमालेको १० औं महाधिवेशनको दोश्रो दिन बन्द सत्रको उद्घाटन हुनु भन्दा अगाडी नेता कार्यकर्ताहरुले सौराहास्थित कार्यक्रम स्थलमा सहमतिको लागी दबाब दिदै नारावाजी गरेका छन ।
शुक्रवार राती अबेर सम्म चलेको एमालेको बैंठकले २ सय २५ सदस्यीय केन्द्रिय कमिटीलाई ३ सय १ सदस्यीय बनाउन विधान शंशोधन गरिएको थियो ।
मओवादी केन्द्र परित्याग गरी एमालेमा आएका नेतालाई केन्द्रिय कमिटीमा समाहित गर्न ७६ वटा नयाँ सदस्य संख्या थप गरिएको हो ।
केन्द्रिय समिती सर्वसम्मत गठन गर्ने सहमतीमा केन्द्रिय सदस्यको संख्या बढाईएको एमालेका नेताहरुले बताएका छन ।
सौराहा स्थित सेभेन स्टार होटलमा बिहान १० बजे देखी सुरु हुने भनिएको महाधिवेशनको बन्द सत्रको शनिवार सवा ११ बजे सम्म उदघाटन हुन सकेको छैन ।
महाधिवेशनको बन्द सत्र एमाले अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।
यस अघि शुक्रवार मध्यान्ह करीब १२ बजे चितवनको नारायणगढ स्थित नारायणी नदीको किनारमा महाधिवेशनको उदघाटन भएको छ ।
एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री शेरबहादुर देउवा एउटै गाडीमा कार्यक्रम स्थल नारायणगढको नारायणी नदी किनारमा आईपुगेका थिए ।
कार्यक्रममा आएका देशैभरका सहभागी र सवारी साधनको कारण शुक्रवार दिनभर भरतपुरका सडकमा मध्यरात सम्म सडक जाम भएको थियो ।
जामकै कारण यात्रुहरु मात्र होईन, बिरामी बोकेको एम्बुलेन्सले पनि बाटो नपाएको पीडितहरुले गुनासो गरेका छन । जामकै कारण सौरहा स्थित विभिन्न बैंकको एटिएममा समेत पैसा हाल्न नसकिएको बंंकका कर्मचारीले बताएका छन ।
सौराहाका प्रायः सबै एटिमले शुक्रवार साझ देखी पैसा नदिएको सेवाग्राहीले गुनासो गरेका छन ।