बारा– ‘थारु संस्कृति बचाउँ, आ अपन पहिचान बनाउँ’ भन्ने मुल नाराका साथ बुधवार सदमुकाम कलैयामा बृहद शोभायात्रा निकालिएको छ ।
अदालतरोड स्थित जानकी हल नजिकैबाट सुरु भएको शोभायात्राका सहभागीहरु रामजानकी मठ कलैयाको पोखरीको डिलमा पुगेर नाचगान गर्दै समा चकवालाई पानी खुवाएका थिए ।
थारु समुदायका किशोरी तथा महिलाहरुको उलेख्य सहभागिता रहेको शोभायात्रा पुनः शुरु भई कार्यक्रम स्थलमा फर्किएर सम्पन्न भएको थियो ।
तराईको मौलिक पर्व समा चकवा पर्व २०७८ को अवसरमा निकालिएको शोभायात्राले नगर परिक्रमा गरेको थियो ।
समा चकवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड कलैया ४ को संयोजन तथा थारु समाज कलैयाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
सहकरीका अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थारु अगुवा तथा नेताहरु रामचन्द्र चौधरी, जियालाल चौधरी, जितन चौधरी, गिता चौधरी लगायतको सहभागिता रहेको थियो ।