बीरगंजबाट सवा सात लाखको मालसामान बरामद

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 798
1 मि. पढ्न लाग्ने समय

पवन यादव

बारा– प्रहरीले बीरगंज महानगरपालिकाको विभिन्न स्थानबाट ठुलो परिमाणमा भन्सार छलीको कपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिकाको नगवा, ईनर्वा गाउ र छपकैयाबाट ७ लाख २९ हजार रुपैयाँ मुल्य बराबरको कपडा बरामद गरेको हो ।

भारतबाट लुकाई छिपाई नेपाल भित्रियाउदै गरेको अवस्थामा विभिन्न प्रकारका तयारी पोशाक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

बरामद भएको माल सामान आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धानको लागी बीरगंज भन्सार कार्यालयमा पठाईएको उनले जानकारी दिए ।

बीरगंज महानगरपालिकाको विभिन्न चोर नाकाबाट पछिल्लो समय कपडा, हार्डवेयर सामाग्री, खाद्यान लगायतका मालसामानको तस्करी बढेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

यो लेख शेयर गर्नुहोस