बारामा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.4k
1 मि. पढ्न लाग्ने समय

बारा– बीरगंज–पथलैया व्यापारिक मार्ग अन्र्तगत बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ नेपाल आर्मीको गेट अगाडी मंगलवार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पथलैयाबाट बिरगंज तर्फ जाँदै गरेको ना ६३ प ४११ नम्बरको मोटरसाईकलले विपरित दिसाबाट आउदै गरेको साईकललाई ठक्कर दिदा साईकल चालक जितपुर सिमरा उपमहानगरपालिका १ का ४५ वर्षिय विपिन कर्णको मृत्यु भएको हो ।

तिब्र गतिमा रहेको मोटरसाईकलले ठक्कर दिदा कर्णको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकलका चालक बिरगंज महानगरपालिका ३२ बस्ने १९ वर्षिय कमाई चौधरीलाई मोटसाईकल सहित ईलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको जनाएको छ ।

मृतकको शव परिक्षण पश्चात अन्तिम संस्कारको लागी आफन्तको जिम्मा लगाईएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस