नालामा डुबेर बारामा नाबालकको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 766
1 मि. पढ्न लाग्ने समय

बारा– बाराको सिम्रौनगढ नगरपालिका १० देवापुर टेटामा मंगलवार नालामा डुबेर एक नाबालकको ज्यान गएको छ ।

खेल्दै गरेको अवस्थामा स्थानीय राजु ठाकुरको छोरा २ वर्षिय मनिष ठाकुरको आफ्नै घर अगाडीको नालामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

घर नजिकैबाट हराएका मनिषको खोजतलाश गर्दा नालीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक बालकको शव परिक्षण पश्चात अन्तिम संस्कारको लागी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

बालबालिकालाई अभिभावले निगरानी नगर्दा यस्तो दुर्घटना हुने गरेको सरोकारवालाले बताएका छन ।

यो लेख शेयर गर्नुहोस