रौतहटमा हावा ट्यांकी पडकेर एकको मृत्यु, एक गम्भिर

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 994
1 मि. पढ्न लाग्ने समय

रौतहट– रौतहटको कटहरिया बजारमा रहेको मोटरसाईकल ग्यारेजको हावा ट्यांकी शुक्रवार विस्फोट हुदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाईते भएका छन ।

मृत्यु हुनेका मोटरसाईकल ग्यारेजका संचालक कटहरिया नगरपालिका ५ का २० वर्षिय समसुल मियां रहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

पड्केको हावा टंकिको एउटा भाग उछिटेर समसुलको टाउको लागेको थियो । टाउकोमा गम्भिर चोट लागेका मिया घटनास्थलमै लडेर अचेत बनेका थिए । गम्भिर घाईते मियाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागी बीरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईप्रका कटहरियाका प्रमुख बिरेन्द्र यादवले जानकारी दिए ।

हावा टंकिकै फुटेको भाग उछिटिएर समसुलसंगै ग्यारेजमा बसिरहेका स्थानीय २५ वर्षिय जैसी यादव समेत घाईते भएका छन ।

यादवको दाहिने हातमा गम्भिर घाउचोट चोट लागेको र उनको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

हावा टंकीको उछिटेको एउटा टुक्राले लागेर केहिपर रहेको बिधुतको तार समेत चुंडिएको स्थानीयले बताएका छन ।

उछिटेको उक्त टयांकिको टुक्रा झन्डै एक सय मिटर पर भेटेको स्थानीय रामचन्द्र गोसाईले जानकारी दिए ।

ग्यारेज संचालक समसुल मियांले पम्पसेट चलाएर ट्यांकीमा हावा भरिरहेको बेला एक्कासी ट्याकी पडकेर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस