बारामा हतियार सहित एक पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 604
1 मि. पढ्न लाग्ने समय

बारा– प्रहरीले बारागढी गाउपालिका ३ खोपवाबाट हतियार सहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोली सहित महागगढीमाई नगरपालिका ५ बगडमपुर बस्ने ३५ वर्षिय मनोज प्रसाद जयसवाललाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

प्रदेश नं. ३–०२–०१० प ७१२३ नम्बरको मोटरसाईकलमा बसी शंकास्पद गतिविधी गरीरहेका जयसवाललाई कम्मरमा हतियार लुकाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको उनले जनाए ।

पक्राउ परेका जयसवाललाई हातहतियार खरखजाना मुद्दामा अदालतबाट ७ दिनको म्याद अनुमति लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको डिएसपी मिश्रले जानकारी दिए ।

यो लेख शेयर गर्नुहोस