बारा– दोषीलाई कारवाहीको माग गर्दै शुक्रवार कलैयामा पीडित पक्षले विरोध प्रदर्शन गरेको छ ।
कलैया भरतचोकमा उनीहरुले प्रहरी प्रशासन विरुद्ध चर्का नारावाजी गर्दै दोषीलाई कानुनी कारवाही गर्न माग गरेका हुन ।
बाराको कलैया उपमहानगरपालिका २५ ईनरवारी दुई पक्षबीच झडप हुदा ८ जना घाईते भएका थिए ।
झडपमा परी राधेश्यम पटेल, सुमन कलवार, बोलबम केशरी, जितलाल पंडित सहित ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
घाईते मध्ये राधेश्यामको अवस्था गम्भीर रहेको र उनको वीरगंजको न्युरो अस्पतालमा उपचार भईरहेको उनले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा एक स्थानीयलाई नियन्त्रणमा लिईएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
ईनवारीमा भएको झडपमा संलग्न दोषीलाई कानुनी कारवाही गरिने बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए ।
घटनाबारे थप अनुसन्धान भईरहेको र घटनामा संलग्न मध्ये एक जनालाई नियन्त्रणमा लिईएको उनले जनाए ।
झडपले उत्पन्न असहज स्थितीलाई नियन्त्रणमा लिईएको र घटनालाई साम्य पार्ने प्रयास भईरहेको उनले बताए ।
यसैगरी दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले कलैया–बीरगंज सडक खण्डको सिसहनिया चोकमा टायर बालेर केहीबेर सडक अवरुद्ध गरेका थिए ।