छठ व्रतको दोश्रो दिन खरना विधी सम्पन्न

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 662
4 मि. पढ्न लाग्ने समय

पवन यादव

बारा,– तराईमा बसोवास गर्ने हिन्दुहरुको सबै भन्दा ठुलो तथा महान पर्व छठ व्रतको दोश्रो दिन मंगलवार ‘रसियाउ रोटी’ अर्थात खरना विधी पुरा गरेका छन ।

उनीहरुले मिठा, सख्खर, दुध, शुद्ध चामलको प्रयोग गरी माटोको भाडोमा रसियाउ र खपरी (माटोको तावा) मा शुद्धता पुर्वक पकाएका थिए ।

गहु पानीले सफा गरेर घाममा सुकाई सफा गरेको मेसिनमा पिंधेर निकालेको पीठोबाट सतर्कता पुर्वक रोटी पकाएर प्रसादको रुपमा ग्रहण गरिएको हो ।

रसियाउ तथा रोटी छठी माता र घरको देवतालाई चढाएपछि पहिला ब्रतालु महिला (छठैतिन) ले रसियाउ रोटी खाएका हुन । त्यसपछि परिवारका अन्य सदस्यले प्रसादको रुपमा त्यही रसियाउ रोटी खाएका छन ।

यस अघि सोमवार बारा सदरमुकाम कलैया लगायत जिल्लाभरीका ब्रतालुहरुले छठ व्रतको पहिलो दिन नहाय खाय विधि पुरा गरेका थिए । उनीहरु शुद्धता पुर्वक आफैले पकाएको सात्वीक भोजन ग्रहन गरेका थिए ।

ब्रत बस्ने महिला÷पुरुषहरु खाना खानु अघि नुहाई धुवाई गरी पवित्र भई लसुन प्याज नहालेको शुद्ध घ्यूमा बनाईएको सात्विक खाना खाएर नहाय खाय विधी पुरा गरे ।

पर्वको तेस्रो अर्थात मुख्य दिन बुधवार ब्रतालुहरुले अस्ताउदो सुर्यलाई अर्घ दिए छठ पर्व मनाउने छन । उनीहरुले घर नजिकको पोखरी, नदी, सरोवर आदिमा निर्माण भएको छठी घाटमा सा“झ पख अस्ताउदै गरेको सूर्यलाई बासको सुपुली र दउरामा पुजा सामाग्रीहरु राखेर अर्घ दिने कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयाकी ब्रतालु कान्ती देवीले जानकारी दिईन ।

त्यसको भोली पल्ट अर्थात पर्वको अन्तिम दिन बिहिवार उदाउदै गरेको सुर्यको पहिलो किरणलाई अर्घ दिदै छठ पुजालाई विधिवत समापन गर्छन । पर्व समापन भएको अन्तिम दिन ब्रतालुले गाउ घरमा रहेका ईनार, चापाकल, घरमा भएका सवारी साधन, गाई, गोरु, पति तथा आफ्ना अग्रज, मठमन्दिर आदीमा पुजा गर्दै घर फर्किन्छन । पुजा समाप्त गरेपछि घरमा बनेको मिठो परिकार खाने चलन रही आएको उनले जानकारी दिईन ।

‘हिन्दुले मान्ने पर्व मध्ये छठ ब्रत सबै भन्दा कठिन ब्रत मानिन्छ,’ उनले भनिन, ‘यो पर्वमा ब्रतालुले निर्जल, निराहार बस्छन ।’ ब्रत अवधीमा पानी समेत सेवन गर्दैनन । शौच गर्ने बित्तिकै नुहाई धुवाई गरेर नया“ कपडा फेर्ने चलन समेत रहेको उनले बताईन ।

व्रत समाप्त भएपछि छठ पर्वको प्रसाद छर छिमेक ईष्ट मित्र कहा“ पठाउने र विवाह गरेर गएका छोरी बेटीहरुलाई बायन पठाउने चलन रही आएको नेपाल भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साहले बताए ।

छठ पर्व गर्दा चर्मरोग निको हुने, सन्तान प्राप्ती हुने र मनोकांक्षापूर्ण हुने जनविश्वास रहेको कारणले तराई भेगमा मनाईने यो पर्व विस्तारै पहाडी र हिमाली भेगमा समेत मनाउन थालिएको उनले जानकारी दिए ।

श्रद्धाभक्ति र धार्मिक सहिष्णुताको प्रतीकको रुपमा छठ पर्व स्थापित छ । तराई मुलका ९५ प्रतिशत हिन्दु महिलाले मान्ने यस पर्वलाई तराई भेगमा बसोबास गर्दै आएका पहाडी मूल, माडवारी र बङ्गाली समुदायका महिलाहरुले समेत अत्यन्त श्रद्धा र भक्ति पूर्वक मान्ने परम्परा बढदै गएको उनले जानकारी दिए ।

खासगरी महिलाहरुले बस्ने यस ब्रत बस्न कुनै कारण घरकाने महिला असमर्थ भएको खण्डमा परिवारका पुरुष सदस्यले यो ब्रत बसेर भए पनि ब्रतलाई निरन्तरता दिनु पर्ने मान्यता रही आएको छ ।

छठ पर्वको लागी अनिवार्य मानिने पुजा सामग्रीहरुमा माटोको भाडो (ढकनी), हात्ती, दियो, बासको भाडाहरु (दौरी, सुपुली, छैंटी), उखु, नरिवल,आलसको तेल, फलफुल, चिनीको विशेष किसिमको मिठाई बतासा, पहेलो धोती आदि पर्दछन ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस