२ किलो गाजा सहित दुई पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
1 मि. पढ्न लाग्ने समय

बारा– प्रहरी चौकी मटिअर्वाले कलैया उपमहानगरपालिका १२ सितलपुरबाट २ किलो लागु औषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

कलैयाबाट मटिअर्वा तर्फ जादै गरेको बा २५ प ११९५ नम्बरको मोटरसाईकल रोकी चेकजाच गर्ने क्रममा फेला परेको गाजा सहित कलैया उपमहानगरपालिका १६ बस्ने २१ वर्षिय चान्द किशोर राम र सोही ठाउ बस्ने ३२ वर्षिय प्रभु रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

प्लाष्टिकको झोलामा लागु औषध गाजा राखी भारत तर्फ लगीरहेको अवस्थामा उनीहरुलाई रंगेहात फक्राउ गरिएको डिएसपी गौतमले बताए ।

लागु औषध मुद्दामा अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी उनीहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय बारामा लागु औष ओसार पोसार गर्ने कार्यमा बृद्धी भएको बताईएको छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस