बारामा छुट्टाछुट्टै दुर्घटना, एकको मृत्यु ११ घाईते

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.5k
2 मि. पढ्न लाग्ने समय

बारा– बाराको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन ।

बीरगंजबाट कलैया तर्फ आउदै गरेको ग ७ प ४६१९ नम्बरको मोटरसाईकलले कलैया उपमहानगरपालिका २३ सिसहनियामा एक पैदलयात्रुलाई ठक्कर दिदा भएको दुर्घटनामा परी मोटरसाईकल चालक कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैया बस्ने १६ वर्षिय कृष्णा मण्डलको मृत्यु भएको हो ।

सोही दुर्घटनामा पैदल यात्रु महागढीमाई नगरपालिका ४ मल्हनी बस्ने १६ वर्षिय सुनिल यादव र मोटरसाईकलको पछाडी सवार पर्सा सखुवा प्रसौनि गाउपालिका ५ बस्ने १६ वर्षिय बिवेक यादव घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम डिएसपी गौतम मिश्रले जानकारी दिए ।

मृतकको शव कलैया अस्पतालमा परिक्षण गरी अन्तिम संस्कारको लागी आफन्तको जिम्मा लगाईएको र घाईतेहरुको बीरगंज स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको मिश्रले बताए ।

यसैगरी कलैया उपमहानगरपालिका १४ लक्ष्मीनियामा प्रदेश नं. २–०३००–३४ प ७२२२ नम्बरको मोटरसाईकलले स्थानीय महेन्द्र चौधरीलाई ठक्कर दिदा भएको दुर्घटनामा परी मोटरसाईकल चालक बीरगंज महानगरपालिका १६ नगवा बस्ने १८ पर्षिय रामविलास पटेल र स्थानी महेन्द्र चौधरी घाईते भएका छन । घाईते दुबैको स्थानीय क्लिनिकमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी पुर्व–पश्चिम राजमार्ग अन्र्तगत बाराको निजगढ नगरपालिका १ सिंगौल जाने गेट नजिकै भएको बस दुर्घटनामा परी ७ जना घाईते भएका छन ।

काठमाण्डौंबाट गाईघाट तर्फ जादै गरेको प्रदेश ३–०१–००६ ख ०४०१ नम्बरको बस आफै अनियन्त्रित भई पल्टिदा बसमा सवार उदयपुर भलाईडाडा गाउपालिका ८ बस्ने ३२ वर्षिया तारा तामाङ, उनका श्रीमान् ३६ वर्षिय दुर्गा तामाङ, उनका छोरा ६ वर्षिय दिपसन तामाङ, सोही ठाउकै ३६ वर्षिय भद्र बहाहुर तामाङ, उदयपुर त्रियुगा नगरपालिका २ की २७ वर्षिया शोभा न्यौपाने, उनका श्रीमान् २८ वर्षिय मिलन कार्की, ओखलढुंगा सिद्धीचरण नगरपालिका १ बस्ने १८ वर्षिय संदिप थापा मगर घाईते भएका हुन ।

घाईते सबैको टाउको, ढाड, हातखुट्टामा गम्भिर घाउचोट लागेको र उनीहरुको निजगढमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बस चलाक फरार रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो लेख शेयर गर्नुहोस