बारा- जब बनाउनु नै थिएन भने किन खनियाे मटिअर्वा- मानमत खण्ड अन्तरगत सदरमुकाम कलैयकाे सडक ? सडक पुरानै अवस्थामा हुदा हिलाेमा फस्ने, लडने अवस्था त थिएन । अहिले त बिजाेगै भएकाे छ । यहाका जनप्रतिनिधि कहाँ छन । सडक चाडाे निर्माण गरिदिन कस्ले पहल गरिदिने भन्दै स्थानीयले चिन्ता जाहेर गर्न थालेका छन ।
कहिले सम्म यसरी सास्ती खेप्ने हाे ? सडक चाडैं बन्छ । यदि बनेन भने आमरण अनसन बस्छु भनी मिडियामा घुर्की देखाएका कलैया उपमहानगरपालिका मेयर विनाेद साह पनि अहिले चुप लागेका छन ।
यश क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्वाला कुमारी साह र प्रदेशसभा सदस्य रविनदास श्रेष्ठ पनि चुप लागेर बसेकाे स्थानीयले आराेप लगाएका छन । सदरमुकाम कलैया प्रवेश गर्ने तथा यहाबाट बाहिरिने यात्रुलाई सास्ती दिदै आएकाे याे हुलाकी सडकलाई चाडाे भन्दा चाडाे निर्माण गराउन मुख्य जिम्मेवारी यस क्षेत्रबाट निर्वािचत संघीय र प्रदेश सांसदकै काँधमा रहेकाे सराेकारवालाकाे भनाइ छ ।
तर जिम्मेवार व्यक्ति नै चासाे नदेखाएपछि कलैयाकाे याे सडक अस्तव्यस्त बन्नपुगेकाे बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासको बुझाई छ ।
लामाे समय देखि सडक नबन्दा कलैया उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष माेहन बहादुर क्षेत्री समेत असन्तुष्ट छन । सडक काे अतिक्रमण खाली गराउदा पनि निर्माण कार्य ठेकेदारले किन गराउन नसकेको हाे म आफैले बुझ्न नसकेकाे वडाध्यक्ष क्षेत्रीले गुनासाे गरे ।
वडावासीकाे गुनासाे सुन्दासुन्दै आफू आजित भईसकेकाे र सडक नबन्दा वरीपरीका दुई सय भन्दा बढी घरपरिवार समस्यामा परेकाे उनले गुनासाे गरे ।
उनीहरुलाई घरबाट बाहिर निस्किन र भित्र छिर्न समेत समस्या भएकाेले सडक निर्माण कार्य सम्पन्न गरि वडावासीलाई सहजता प्रदान गर्न उनले सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएका छन ।
नाला तथा वर्षाकाे पानी खाल्डाेमा जमेपछि अहिले कलैया देवकोटा चाेक देखि भरत चाेक तर्फ हेर्दा सडक नदी जस्तै देखिएकाे प्रत्यक्षदर्शी रामबाबु महताेले बताए ।
सम्बन्धित निकायकाे रवैया देखेर उनी यस सिजनमा सडक निर्माण हाेला जस्ताे नलागेकाे बताउछन ।
चाडाे भन्दा चाडाे सडक निर्माण गर्न स्थानीयले सम्बन्धित निकायसँग आग्रह गरेका छन ।