राजदेवी मन्दिरमा ६२ जनाद्वारा रक्तदान

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 813
1 मि. पढ्न लाग्ने समय

बारा–राजदेवी सांगीतिक समुह कलैयाको १८ औं वार्षिकोत्सवको अवसरमा शनिवार राजदेवी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

महालक्ष्मी विकास बैंक कलैया शाखाको सहयोगमा रक्तदान गरी गरौं जिवनदान भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा ७ जना महिला र ५५ जना पुरुष गरी ६२ जनाले रक्तदान गरेका छन ।

नेपाल रेडक्रस सोसाईटी बीरगंज शाखाको प्राविधिक सहयोगमा संचालित कार्यक्रममा अनिता साह, विजयराज श्रेष्ठ, सुनिता गुप्ता, राजकिशोर साह, संदिप श्रेष्ठ, सुधान्सु गुप्ता, तारक सरकार, रवि कुमार, प्रविण चौधरी लगायतकाले रक्तदान गरेको आयोजक समुहकी महिला अध्यक्ष संध्या अधिकारीले जानकारी दिईन ।

आयोजक समुहका अध्यक्ष निरज नेपालीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उदघाटन समारोहलाई कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, आयोजक समुहका सल्लाहकार दिव्यनाथ श्रेष्ठ, बोलबम कावर संघका सल्लाहकार जंगबहादुर यादव, महालक्ष्मी विकास बैंक कलैया शाखाका रितु यादव लगायतकाले सम्बोधन गरेका थिए । रक्तदान गर्दा अरुको जिवन बचाउन सकिने भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

यो लेख शेयर गर्नुहोस