बारामा बस र मोटरसाईकल जुद्धा एक युवकको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 135
1 मि. पढ्न लाग्ने समय

बारा– पुर्व–पश्चिम हुलाकी राजमार्ग अन्तरगत बारामा शुक्रवार बिहान बस र मोटरसाईकल एक आपसमा जुद्धा भएको दुर्घटनामा परी मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहट फतुवाविजयपुर नगरपालिका वडा नं. ५ बरगिनिया निवासी ३५ वर्षिय अनिल प्रसाद यादव रहेका छन ।

बरियारपुरबाट कलैया तर्फ आउदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरित दिशाबाट रौतहट तर्फ जादै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाईकल बिहान करीब सवा ३ बजे कलैया उपमहानगरपालिका १४ बघवनमा एक आपसमा ठोकिदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाईते भएका यादवलाई उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृतकको शव परिक्षणको लागी कलैया अस्पतालमा राखिएको र बस प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुबै सवारी तिब्र गतिमा चलाउदा उक्त दुर्घटना भएको स्थानियले बताएका छन ।

यो लेख शेयर गर्नुहोस