खानेपानी मन्त्री यादवको पहलमा कलैयामा खानेपानीको क्षमता विस्तार गरिदै ६ हजार परिवारमा पानी पुर्याउने लक्ष्य

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 86
3 मि. पढ्न लाग्ने समय

बारा– लामो समय देखी अस्तव्यस्त रहेको नेपाल खानेपानी संस्थान कलैया शाखाको वितरण प्रणालीमा थप सुधार गर्न लागिएको छ । खानेपानी मन्त्री प्रदीप कुमार यादवको पहलमा खानेपानी वितरण प्रणालीमा थप सुधार गर्न लागिएको हो ।

मन्त्री यादवले नै २०८१ पुस १९ गते शिलान्याश गरेको भतौडा गाउ स्थित पम्प स्टेशन देखी श्री ३ चन्द्र मावि कलैयाको भवन सम्म ३४ सय मिटर पाईपलाईनको काम हालै सम्पन्न भएको नेपाल खानेपानी संस्थान कलैया शाखाका प्रमुख संजिव कुमार यादवले जानकारी दिए ।

‘यती मात्र होईन । अवधापुर हनुमान मन्दिर स्थित पम्प स्टेशन देखी कलैया तिनकुने चोक सम्म २२ सय मिटर पाईलाईन विस्तारको काम भईरहेको छ,’ शाखा प्रमुख यादवले भने, ‘अहिले थपिन लागेको ६ ईन्च पाईपलाईन विस्तार सम्पन्न भएपछि हनुमान मन्दिर देखी तीनकुने चोक सम्म डब्बल पाईपलाईन हुन्छ र यसले वितरण प्रणालीमा व्यपाक सुधार हुने देखिन्छ ।’ हाल एक दशमलव ५ (१.५) एम.एल.डी खानेपानी सप्लाई गर्दै आएको शाखाले अब क्षमता बढाएर दैनिक दुई दशमलव (२.५) एम.एल.डी. पु¥याउने तयारी गरेको उनले जानकारी दिए । एक एम.एल.डी. बराबर १० लाख लिटर पानी हुने गर्दछ ।

‘अहिले २ हजार ग्राहकलाई बिहान र बेलुकी गरेर ६ घण्टा मात्र पानी सप्लाई हुदै आएको छ । आब त्यसमा पनि सुधार हुनेछ । अब कलैयाका जनताले दैनिक १२ घण्टा खानेपानी पाउने छन ।,’ उनले भने, ‘त्यती मात्र होईन । २ हजार ग्राहक सम्म सिमीत रहेको खानेपानीलाई अब ६ हजार ग्राहक सम्म पुर्याईने छ ।’ खानेपानी पाईपलाईन विस्तार आयोजनाले कलैयामा हुदै आएको खानेपानीको समस्यालाई हदैसम्म समाधान गरेको कार्यालय प्रमुख यादवको बुझाई छ ।

हनुमान मन्दिर देखी तीनकुने चोक सम्म नयाँ पाईपलाईन योजना पुरा गर्न अहिले पाईप बिच्छयाउने काम भईरहेको छ । आउने एक साता सम्ममा पाईप विच्छयाउने काम सम्पन्न हुने विश्वाईस लिईएको उनले बताए ।

पाईपलाईन विस्तार आयोजनाले खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थीत बनाउनुका साथै क्षमता विस्तारमा पनि प्रभावकारी भूमिका खेलेको छ । क्षमता विस्तारसंगै ४ हजार थप नयाँ ग्राहक सम्म खानेपानी पुर्याउन कार्यालयलाई सहज हुने दाबी गरिएको छ ।

‘पाईपलाईन विस्तार आयोजनालाई पुरा गराउन माननिय खनेपानी मन्त्री प्रदीप कुमार यादवको धेरै ठुलो सहयोग पाएका छौं,’ शाखा प्रमुख संजिवले भने,‘ उनको सहयोग बिना हामीले यत्रो ठुलो उपलब्धी हात पार्न सक्दैन्थ्यौं ।’ आयोजनामा सहयोग पुर्याउने मन्त्री ज्यू प्रती कलैयावासी आभारी भएको उनले सुनाए ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस