देउवा सरकारको मन्त्रीमण्डलमा बाराको बलियो उपस्थिती, विकासको लहर आउने विश्वास

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.6k
5 मि. पढ्न लाग्ने समय

बारा– नेपाली कांग्रेसको नेतृत्वमा पाच दलिय गठबन्धनबाट बनेको देउवा सरकारको मन्त्रीमण्डलले शुक्रवार पुर्णता पाएको छ । भागभण्डाको कारण पुर्णता पाउन नसकेको मन्त्रीमण्डल विस्तार भएसंगै बारावासी हर्षित भएका छन ।

एउटा सरकारमा एकै पटक बाराबाट निर्वाचित २ जना र बारालाई कर्मक्षेत्र बनाएका तनहुबाट निर्वाचित एक जना गरी ३ जनाले मन्त्री पद पाएपछि जिल्लावासीहरु हर्षले गदगद भएका हुन ।

देशमै विकासको मामलामा पछाडी परेको बारा जिल्लाको विकास तथा उन्नती प्रगतीमा मन्त्रीहरुले सकारात्मक भुमिका खेल्ने विश्वास जिल्लावासीले लिएका छन ।

उनीहरुले कम्तीमा आफ्नो गाउ ठाउलाई माया गर्ने र विकास बजेट ल्याउन पहल गर्ने विश्वास लिईएको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।

‘विकासमा पक्कै जिल्लाले फडको मार्ने छ,’ उनले भने, ‘नवन्यूक्त मन्त्रीहरु एउटै जिल्लामा बस्ने भएपछि अवश्य परिवर्तन आउछ ।’ मन्त्रीहरुले आफ्नो अधिकार प्रयोग गरेर जिल्लाको लागी काम गर्नेतिर केन्द्रित हुनु पर्छ । जिल्लावासीले नवन्यूक्त मन्त्रीहरुबाट आशा राखेको उनले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारमा नेपाली काग्रेसको टिकटमा बारा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य उमाकान्त चौधरी, तत्कालिन संघिय समाजवादी पार्टीको टिकमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभासदस्य रामसहाय यादव निर्वाचित भएका थिए ।

चौधरी सुरु देखी नै नेपाली काग्रेसमा लागेर राजनीतिमा होमिएका हुन । लामो समय शिक्षण पेशामा जिवन विताएका यादव परिवर्तनको लागी शिक्षण पेशा त्यागेर राजनीतिमा लागेका हुन ।

पुर्व स्वास्थ्य मन्त्री समेत भएका चौधरी यस पटक सरकारको नवौं नंम्बरको वरियता क्रममा खानेपानी मन्त्री बनेका छन् । काग्रेसको ‘तेस्रो धार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट चौधरी मन्त्री बनेका हुन ।

चौधरीले २०७४ मा सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीलाई दुई हजार चार सय २० मतले पराजित गरेका थिए । चौधरीले २४ हजार चार सय ५० मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी मैनालीले २२ हजार ३० मत पाएका थिए । नेता चौधरी यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री र कृषि तथा सहकारी सहायक मन्त्री भईसकेका छन् ।

बारागढि गाउँपालिका बेल्वा निवासी चौधरी नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा सिटौला समुहबाटै कोषाध्यक्षको उम्मेदवार भएका थिए ।

वन तथा वातावरण मन्त्री बनेका यादव जनता समाजवादी पार्टी (जसपा)का महासचिब समेत रहेका थिए । सिम्रौनगढ नगरपालिका वडा नं. ९ साविक कर्चोवा ८ निवासी यादब पहिलो पटक २० औ नम्बरमा मन्त्री बनेका हुन ।

निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदबारी दिएका यादबले नेपाली काग्रेसका नेता राधेचन्द्र यादबलाई दोब्बर मतको अन्तरले पराजित गरेका थिए । मधेशी जनअधिकार फोरमको स्थापनाकाल देखिनै मधेश आन्दोलनमा लागेका यादव सालिन तथा बौद्धिक स्वभावकाका रुपमा परिचय बनाएका छन ।

त्यस्तै नेकपा एकिकृत समाजवादीबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा कृष्णकुमार श्रेष्ठ न्यूक्त भएका छन । शुरुमा पुर्व प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र रहेका श्रेष्ठ एमाले फुटपछि नेकपा एकिकृत समाजवादीमा आएका हुन । तनहुबाट प्रतिनिधि सभामा निर्वाचित श्रेष्ठ बारा क्षेत्र नं. ४ सिमरालाई कर्मथालो बनाएर व्यपार व्यवसाय संचालन गर्दै आएका छन ।

स्थायी घर तनहु भएपनि क्लासिक प्लाजा होटल सिमरा, नेपाल ग्यास उद्योग लगायत विभिन्न क्षेत्रमा बारामा लगानी गरेका श्रेष्ठ २१ औ नब्बरका मन्त्री बनेका हुन । व्यापारिक पृष्टभुमीमा ख्याती कमाएका श्रेष्ठ पछिल्लो समय समाजसेवीको रुपमा काम गर्दै आएका थिए ।

नवगठित मन्त्रीपरिषद् अनुसार बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्‍घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्‍ख्‍या र जनार्दन शर्मा अर्थमन्त्री बनेका छन ।

त्यसैगरी डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, डा नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका छन ।

त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, महेश्‍वरजंग गहतराज युवा तथा खेलकूद मन्त्रीमा नियुक्त भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यसैगरी उमेश श्रेष्ठ राज्यमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भवानीप्रसाद खापुङ राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या, बोधमाया कुमारी यादव राज्यमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि नियुक्त भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी हुन ।

यो लेख शेयर गर्नुहोस