बारा– भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा लागेको महाकुम्भमा आगलागी भएको छ । खाना पकाउने क्रममा ग्यास सिलिण्डर पडकेर आगलागी भएको स्थानीय सुरक्षाधिकारीलाई उदृत गर्दै भारतिय संचार माध्यमले जनाएका छन ।
करीब एक करोड बढी श्रद्धालु भक्तजन सहभागी रहेको महाकुम्भ मेलामा लागेको आगलागीलाई करीब एक घण्टा लगाएर नियन्त्रणमा लिईएको भारतिय सुरक्षाधिकारीले बताएका छन ।
आगलागीमा परेर महाकुम्भमा भक्तजनको बसोवासको लागी तयार गरिएको २ सय भन्दा बढी टेन्ट जलेर खरानी भएका छन । जलेको टेन्ट भित्र एक साधुले राखेको एक लाख रुपैयाँ भरु नगद समेत जलेर खरानी भएको भारतिय सुरक्षाधिकारीले स्थानीय संचारकर्मीलाई जानकारी दिएका छन ।
अगलागीको क्रममा मच्चिएको भागदौडको क्रममा केही मानिसहरु घाईते भएका छन । आगलागीपछि मोदी सरकारको विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले महाकुम्भको सुरक्षाप्रति गम्भिर प्रश्न उठाएका छन । आगलागीको घटनाबारे थप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन विपक्षी नेताहरुले माग गरेका छन ।