काठमाण्डौं– संघिय राजधानी काठमाण्डौं लागयत तराईका विभिन्न जिल्लामा मंगलवार बिहान भूकम्पको धक्का महसुस भएको छ। बिहान ६ बजेर ५० देखी ५३ मिनेट सम्म भूकम्पको धक्का महशुस गरिएको छ ।
सोलुखुम्बु नेपाल–चीन सीमानजिक केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युटको भूकम्प गएको प्रारम्भिक अनुमान गरिएको छ । संघिय राजधानी काठमाडौं लगायत चितवन, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, पर्सा, बारा, रौतहट लगायतका जिल्लामा समेत भुकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन ।
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ। यूएसजीएसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा अवस्थित लोबुचेभन्दा उत्तर–पूर्वमा रहेको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको छ । केन्द्रका अनुसार सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।
बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।