आगाे ताप्ने क्रममा भएकाे झगडामा घाइते गाेपालीकाे उपचारकाे क्रममा मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 109
1 मि. पढ्न लाग्ने समय

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।

गत पुस ८ गते थाहा नगरपालिका वडा नम्बर- १० मा भएको घटनामा परि घाईते भएका मुलगाउँ बस्ने ५३ वर्षिय हिराकाजी गोपालिको मृत्यु भएको छ ।
गोपालीलाई सोही स्थान बस्ने ४७ वर्षिय जयराम गोपालिले कुटपिट गरेर घाइते बनाएका थिए । आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा जयरामले हिराकाजीलाइ कुटपिट गरेका थिए । हिराकाजीलाई उपचारको लागि काठमाडौंको दिर्घायु अस्पतालमा पठाइएकोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो लेख शेयर गर्नुहोस