हत्या गरिएको अवस्थामा एयरपोर्ट सिमराका भान्से लुम्बाको शव फेला

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 171
1 मि. पढ्न लाग्ने समय

बारा–बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.११ आमाडार गाउ नजिकै शनिवार बिहान कार भित्र फेला परेको शवको पहिचान खुलेको छ ।

कारभित्र हत्या गरिएको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका १ निवासी ३५ वर्षिय राजकुमार लुम्बाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले जानकारी दिए ।

आमाडार र रमौली जाने बाटोमा लुम्बाको शव फेला परेको उनले जानकारी दिए । नेटा कम्पनीको ईभी कार बागमती प्रदेश –०१–०२८ च ७६१६ नम्बरको गाड़ी भित्र शव बरामद भएको प्रहरी उपरिक्षक खडकाले जानकारी दिए ।

उनका अनुसार, सिमरा एयरपोर्टमा भान्छेको काम गर्दै आएका लुम्बा उक्त गाडीमा कसरी पुगे र उनको कसरी हत्या भयो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

गाडीमा चोटपटक नभएपनि मृतक लुम्बाको टाउकोमा चोट लागेको देखिएकोले हत्या भएको आशंकामा प्रहरीले गरेको छ । अहिले बीरगन्जबाट तालिम प्राप्त कुकुर झिकाएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी उपरिक्षक खडका सहित ईलाका प्रहरी कार्यालय सिमराको टोली समेत पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस